४ फागुन धनगढी
रुखले च्यापिएर बैतडीमा आज एकजनाकाे मृत्यु भएको छ । मुत्यु हुनेमा जिल्लाको पाटन नगरपालिका- ५ अडतोलाका १९ वर्षीय प्रकाश पाण्डेय रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जाेशीले जानकारी दिनुभयो । घरनजिकै रहेकाे जंगलमा सल्लाकाे रूख काटिरहेका प्रकाशलाई रूखले च्यापेकाे थियाे । बिहान ११ रुखले च्यापिएर घाईते प्रकाशलाई उपचारको लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउदा मृत घोषणा गरेको थियाे। प्रकाशकाे टाउको र शरिरका विभिन्न भागमा गम्भीर चाेट रहेकाे थियाे । मृतकको शव पाटन पाटन प्राथमिक स्वास्थ्य केन्द्रकै राखीएको छ । प्रकाश सिद्देश्वर मावि पाटन-१ मेल्चोरामा कक्षा १० मा अध्ययरत थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
