राज्यकाे एकमात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति(रासस)काे ६३ औं वार्षिकोत्सब

७ फागुन धनगढी
राज्यकाे एकमात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति(रासस)काे ६३ औं वार्षिकोत्सब बैतडीमा पनि मनाइएको छ । वार्षिकोत्सबकाे अवसरमा साेमबार बिहान जिल्ला अस्पतालका बिरामीहरूलाई फलफूल र सरसफाइ कीट वितरण गरिएको राससका बैतडी प्रतिनिधि विनाेद सिंह विष्टले जानकारी दिनुभयाे । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख खगेन्द्रसिंह धामी, दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जाेशी लख्खाभाई, प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा, विभिन्न कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेकाे थियोे ।

राष्ट्रिय समाचार समिति(रासस) बैतडीको आयाेजना र दशरथचन्द नगरपालिकाकाे सहयाेगमा फलफूल र सरसफाइ कीट वितरण गरिएकाे हाे । वि स २०१८ सालमा स्थापना भएकाे रासस हाल दृश तथा विदेशमा सेवा दिइरहेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply