कलुवापुर बस्ने ३० वर्षीय चुनारा पक्राउ, घरमै लागूऔषध फेला

कञ्चनपुर, कृष्णपुर नगरपालिका-७ रेलडण्डी कलुवापुर बस्ने ३० वर्षीय नरेन्द्र चुनारालाई अवैध लागूऔषध चरेश २१ ग्राम ६३ मिलिग्राम र खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्रामसहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रैकवारबाट खटिएको प्रहरीले चुनारले आफ्नै घरमा संचालन गरेको नरेन्द्र मदिरा बिक्री केन्द्रबाट उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply