जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले दवाव, प्रभाव रहित ढङगबाट कामकाज गर्ने प्रतिबद्धता जाहेर

फागुन ९ धनगढी
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले दवाव, प्रभाव रहित ढङगबाट कामकाज गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

बुधबार जिल्लाका संचारकर्मीसंग परिचयात्मक कार्यक्रममा एसपी जोशीले कुनैपनि घटनामा दवाव, प्रभाव रहित ढङगबाट कामकाज गर्ने प्रतिबद्धता जाहेर गरेका हुन ।

एपसी जोशीले जिल्लाको शान्ति सुरक्षा एव अमन चयनका लागि पूर्ण प्रतिबद्ध रहेको बताउँदै प्रहरी सचारकर्मीविच समन्व आवश्यक रहेको औल्याए ।

एसपी जोशीले लागु औषध नियन्त्रण देखिका गैर कानुनी गतिबिधी पुर्ण नियन्त्रण गर्दै शान्ति सुरक्षाका कार्यक्रम प्रभावकारी कार्यान्वयनमा जोडदिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल शैलेश्वरी गणका गणपति खगेन्द्र चन्दले समेत जिल्लाको शान्ति सुरक्षामा सशस्त्र प्रहरी बल प्रतिबद्ध रहेको बताए । परिचयात्मक कार्यक्रममा जिल्लाका सचारकर्मीले स्वच्छ, निष्पक्ष ढङगबाट पारदर्शी सुचना सम्प्रेषण तर्फ ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply