कञ्चनपुर महेन्द्रनगरको एक सहकारी संस्थाका ऋर्णी शेयर सदस्यहरुले आफुहरुमाथि सहकारीले अन्याय गरेको आरोप

फागुन ९ धनगढी
कञ्चनपुर महेन्द्रनगरको एक सहकारी संस्थाका ऋर्णी शेयर सदस्यहरुले आफुहरुमाथि सहकारीले अन्याय गरेको आरोप लगाएका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको मेगा बचत तथा ऋण सहकारी संस्थाले आफुहरुलाई ऋण दिदा अन्याय गरेको आरोप लगाएका हुन ।

मेगा सहकारीबाट ऋण लिएका सिद्धराज सोती र राजेन्द्र दियालले ऋण स्वीकृत गरेको रकम अनुरुप आफुहरुले नपाएको र आफ्नो नाममा स्वीकृत गरेको ऋण अर्कालाई लिएको गम्भिर आरोप लगाएका छन । बुधबार महेन्द्रनगरमा ऋणीद्वय सोती र दियालले पत्रकार सम्मेलन गर्दै आफुहरु जस्तै अन्य दर्जनौँ ऋणीहरु ठगिएको दावि गरेका छन । आफुलाई नियमित बचतकर्ता बताउने राजेन्द्र दियालले आफुले सहकारीबाट १० लाख ऋण मागेको तर, श्रीमतीको मन्जुरी नभएपछि नदिएको पछि बुझ्दा आफ्नो नाममा ऋण लिएको देखाएर अन्यायमा पारेको आरोप लगाए । ‘मेरो नामबाट ऋण लिन तमसुक बन्यो, तर तमसुक अनुरुप मैले ऋण पाएन, पछि बुझ्दै जाँदा उक्त ऋणी मेरै नाममा देखियो, ‘उनले भने, ‘सहकारीले यसरी मलाई ठगि ग¥यो ।’

अर्का ऋर्णी सिद्धराज सोतीले आफुले ४५ लाखको ऋण स्वीकृत गरेपनि आफ्नो हातमा १७ लाख ५० हजार मात्रै पाईएको बताए । ‘मैले ऋण लिएर ऋण अनुरुप रकम पाएन, ‘उनले भने, ‘ममाथि यत्रो घात भयो, एक व्यक्तिको नाममा ऋण स्वीकृत गर्ने अर्काको नाममा भुक्तानी भयो ।’ ऋण लिए अनुरुप भुक्तानी नपाएको र अहिले आएर ऋण तिर्न ताकेता गरिरहेको उनले बताए । स्वीकृत अनुरुप लिएको ऋण नपाएपछि आफु अन्यायमा परेको उनको दुखेसो छ । सोतीले आफु ठगिएको र अन्यायमा परेकाले न्यायालयमा जाने जाने समेत घोषणा गरेका छन । उनले आफुहरु जस्तै अन्य ऋणीहरु ठगिएको र ऋणी स्वीकृत हुँदा घुस रकम बुझाउनुपर्ने बाध्यता रहेको बताए । सहकारीका व्यवस्थापक शुनिल सेटी सहितका पदाधिकारीले आफुमाथि अन्याय गरेको उनको आरोप छ ।

मेगा बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक शुनिल सेटीले सिद्धराज सोती र राजेन्द्र दियालकै नाममा ऋण स्वीकृत भएको र लगेको बताए । व्यवस्थापक सेटीले सोतीले पुरै ४५ लाख र दियालले १०लाख ऋण लगेको बताए । ‘हाम्रो सिस्टमबाट दुवै जनाले तमसुक अनुरुप ऋण लगेका छन, ‘उनले भने, ‘अहिले ऋण चुत्ताका लागि तोकेता गर्दा उनीहरु सहकारी बिरुद्धमा लागेका छन ।’ मौलिक लिखित पटक पटक ताकेता गर्दा समेत ऋण तिर्न अटेरी गरेपछि बाध्य भएर लिलामी सुचना आब्हान गरिएको उनले बताए । देशैभरी सहकारी बदनाम भईरहेका बेला केही मान्छेहरु चलेको सहकारी बिरुद्धमा लागेकाले त्यस्ता काममा सरिक नहुन व्यवस्थापक सेटीले आब्हान गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply