क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतको फैसला बदरको मागसहित उच्च अदालतमा

फागुन १० धनगढी
क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतको फैसला बदरको मागसहित उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् ।

बिहीबार कानुन व्यवसायीका साथ सन्दीप आफैँ उच्च अदालत पुगेका हुन् । सन्दीप लामिछानेले काठमाडौँ जिल्ला अदालतको फैसला बदरको मागसहित उच्च अदालतमा पुनरावेदन गर्न लागेको उनका कानुन व्यवसायी तथा अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए ।

रातोपाटीसँग उनले भने, ‘हामी उच्च अदालतमा आएका छौँ, काठमाडौँ जिल्ला अदालतको फैसला बदरको मागसहित पुनरावेदन दिन लागेका हौँ, निवेदन दर्ता प्रक्रिया अघि बढ्दैछ ।’

काठमाडौँ जिल्ला अदालतले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा ८ वर्ष जेल सजायको फैसला गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply