मदन चोक सडक क्षेत्रमा पर्ने २२ सटरका व्यवसायीहरुले आफैले पसल खाली गर्न लागे

फागुन १० धनगढी
महेन्द्रनगर बजारकै मुटुमा रहेको मदन चोक सडक क्षेत्रमा पर्ने २२ सटरका व्यवसायीहरुले आफैले पसल खाली गर्न लागेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर मदन चोक क्षेत्रमा रहेको बसपार्क क्याम्पस रोड सडकमा पर्ने सटरवाला व्यवसायीले आफैले पसल खाली गर्न लागेका हुन ।

नगरपालिकाले बसेकै स्थानमा पछि व्यवस्थापन गर्ने प्रतिबद्धता जाहेर गरेपछि आफुहरुले सहजै सटर खाली गर्न लागेको उनीहरुले बताएका छन । खानेपानी कार्यालयको पश्चिम तर्फ रहेका सटरवाला व्यवसायीहरुले अस्थायी रुपमा भृकुटी मावि क्षेत्रमा स्थायी रुपमा भावि दिनमा बसेकै स्थानमा सटर बनाउन दिने सहमती गरेपछि आफैले हटाउन लागेको बताए ।

व्यवसायी केशव जोशीले सडक निर्माणमा व्यवसायीले सहयोग गर्ने र व्यवसायीलाई भीमदत्त नगरपालिकाले बसेकै स्थानमा सटर बनाउन सहयोग गर्ने सहमती पछि आफैले स्थान खाली गराउन लागेको बताए ।

भीमदत्त नगरपालिका प्रवक्ता पदम राज अवस्थीले अहिले विकास निर्माणको काममा व्यवसायीले सहयोग गरिररहेको बताए । नगर प्रवक्ता अवस्थीले नगरपालिकाको विकास निर्माणमा व्यवसायीले सहयोग गरेको भन्दै आभार प्रकट गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply