बैतडीमा मलामी बोकको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

फागुन १० धनगढी
बैतडीमा मलामी बोकको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाकाे जिल्लाको डिलासैनी गाउँपालिका–१ डिलासैनी गाउँपालिका–१ धावला बस्ने ५० वर्षीय गोपाल बोहरा रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक नन्दराज जाेशीले जानकारी दिनुभयाे । डिलाशैनीकै धनपती धामीको गण्नीगाड खोलामा दाहसंस्कार गरेर फर्कने क्रममा बिहीबार दिउँसो सु.प.प्र.०१०००१ च ३१४६ जिप घारडा भन्ने ठाउँमा जिप दुर्घटनामा परेकाे हाे । बाेहराकाे घटनास्थलमै मृत्युु भएकाे हाे ।
यस्तै मलामी गएका अन्य ५ जना घाइते भएका छन् । घाइते हुनेमा डिलासैनी–१ का रतन धामी, मन्धिर धामी,सुरेन्द्र बोहरा अमर धामी, लोकेन्द्र धामी र रहेका छन् । उनिहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
१३ मलामी चढेकाे जीप सडकमै पल्टिएको थियाे । कच्ची सडकमा चल्दै गरेको जिप एक्कासी पछाडि आएर सडकमै पल्टेको बताइएको छ । जिप चालक डिलासैनी ६ बागगोठका धनबहादुर कठायत फरार रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply