बर्दिया जिल्ला प्राकृतिक सौन्दर्यले भरिपूर्ण तथा आफैँमा सुन्दर र मनोरम पर्यटकीय क्षेत्र हो

रिलिसा थारु
बाँके :- हुलाकि राजमार्ग अन्तर्गत बर्दिया र कैलालीको सिमानामा रहेको सत्तीघाट कर्णाली पुलबाट बिश्वमै लोपउन्मुख माछा डलफिन खेलिरहेको सजिलै देख्न सकिन्छ ।
बर्दिया जिल्ला प्राकृतिक सौन्दर्यले भरिपूर्ण तथा आफैँमा सुन्दर र मनोरम पर्यटकीय क्षेत्र हो । राष्ट्रिय निकुञ्ज भित्र वन्यजन्तु प्रति चासो राख्नेहरूका लागि पनि एक अनुपम गन्तव्य हो। बर्दिया जिल्लामा रहेका थुप्रै पर्यटकीय गन्तव्यहरु मध्ये पनि राजापुर नगरपालिका क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु आफैँमा सुन्दर र मनोरम रहेका छन् । यस नगरपालिका भित्र थारु रहनसहनदेखि प्राकृतिक सौन्दर्यले सजिएको सुन्दर र मनोरम दृश्य, कृषि क्षेत्रले भरिएको समथल फाट, धार्मिक तथा पर्यटकीय क्षेत्र लगायत थुप्रै पर्यटकलाई आकर्षण गर्ने क्षेत्र रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply