कञ्चनपुरका स्थानीय एव विद्यार्थी नेता प्रकास जप्रेल नेकपा विप्लव निकट विद्यार्थी संगठनको शिर्ष पदमा निर्वाचित

११ फागुन धनगढी
कञ्चनपुरका स्थानीय एव विद्यार्थी नेता प्रकास जप्रेल नेकपा विप्लव निकट विद्यार्थी संगठनको शिर्ष पदमा निर्वाचित भएका छन । विप्लव निकट अखिल समाजवादीको केन्द्रीय महासचिवमा जप्रेल निर्वाचित भएका हुन ।

हालै काठमाण्डौँमा सम्पन्न भएको अखिल समाजवादीको २३औँ राष्ट्रिय सम्मेलनबाट जप्रेल सहमतीय आधारमा महासचिवमा निर्विरोध निर्वाचित भएका हुन । दुई दशकदेखि विद्यार्थी सकृय राजनीतिमा सकृय रहेका जप्रेल ईकाइ सचिवदेखि विभिन्न जिम्मेबारी निर्वाह गर्दै केन्द्रीय महासचिवको जिम्मेबारीमा पुगेका हुन । ०५९ सालमा दुर्गा मावि बझाङ्गमा अखिल क्रान्तिकारी इकाई सचिवबाट विद्यार्थी राजनीति शुरुवात गरेका हुन । त्यसपछि उच्च शिक्षा अध्ययनका लागि सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरमा आएका जप्रेलले विद्यार्थीका आधारभूत हक अधिकार जस्तै खाना पकाउने ग्याँसको कालोबजारी बिरुद्धमा आन्दोलनको नेतृत्व लिएका थिए ।

जप्रेल तत्तकालिन अखिल क्रान्तिकारीको ०७१ कञ्चनपुर अध्यक्ष, ०७२ केन्द्रीय सदस्यहुँदै नारायण, सुदूरपश्चिको ब्यूरो इन्चार्ज त्यसपछि केन्द्रीय सचिव हाल केन्द्रीय महासचिवको जिम्मेबारीमा पुगेका हुन । बाल्यकालदेखि नै विद्यार्थीको हकहितका लागि सकृय रहेका जप्रेलाई अहिले बधाईको ओईरो छ । अखिल समाजवादीको केन्द्रीय महासचिव भएका प्रकास जप्रेले समग्र शैक्षिक क्षेत्रका विकृती बिरुद्ध संघर्ष गर्दै व्यवहारिक शिक्षा लागु गर्दै युवाहरुलाई स्वदेशमै रोजगारीका कार्यक्रम संचालन गर्ने तर्फ योजना ल्याउने बताए । अखिल समाजवादीका महासचिव जप्रेलले अहिले जसरी युवा विद्यार्थी विदेश पयालन हुने अवस्था रोकेर स्वदेशमै सृजनात्मक योजना ल्याउने प्रतिबद्धता जाहेर गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply