कञ्चनपुरको दोदा नदीमा निर्माण हुने एक पुल आठ बर्षसम्म पनि निर्माण पुरा

११ फागुन धनगढी
कञ्चनपुरको दोदा नदीमा निर्माण हुने एक पुल आठ बर्षसम्म पनि निर्माण पुरा भएको छैन । शुक्लाफाँटा नगरपालिका १२ देखतभूली हुँदै लालझाडी गाँउपालिका ४ पर्सिया गाँउ जोड्ने दोदा नदीमा निर्माण हुने मोटररेबल पुल अझै निर्माण नभएको हो । ठेकेदारले पुल निर्माण नगरिदिदा जनता गाँउपालिका जान शुल्क तिर्न बाध्य छन ।

पुल निर्माण नहुँदा स्थानीय शुल्क मात्रै नभई जोखिम मोलेर काठको पुल प्रयोग गरेर आवतजावत गर्न बाध्य भएका छन । दोस्रो पटक म्याद थप गर्दा समेत अहिलेसम्म पुल निर्माण भएको छैन । पुल निर्माण नहुँदा स्थानीयले बनाएको काठको पुलमा एक पटक मोटरसाईकल प्रयोग गरेको ४०रुपैया तिनुपर्ने बाध्यता छ ।

उक्त पुल निर्माणका लागि लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभीले सडक डिभिजन कार्यालय महेन्द्रनगरसंग ७० मिटर लम्बाई फुटपात सहित ११ मिटर चौडाईको पुल निर्माणका लागि २६ पुष ०७२ मा सम्झौता २४ करोड ४२ लाख, ६१ हजारमा सम्झौता गरेको थियो । २६ पुष ०७५ मा सम्पन्न गर्नुपर्ने भएपनि पुल निर्माणका क्रममा प्राविधिक त्रृटी देखिएपछि पुल निर्माण कार्य अलपत्र परेको थियो । तीन पिलर गाडेर चौथो पिलर गाड्ने क्रममा दलदल भेटिएपनि पुलको डिजायन नै परिर्वतन गरिएको छ । ३ बर्षमा निर्माण सम्पन्न हुनुपर्ने पुल ८ बर्षवितिक्दा पनि पुल निर्माण भएको छैन, प्रगति सुन्य भएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।

पहिलो पटक सम्झौता सकिएपछि पहिलो पटक २७ पुष ०७५ देखि २५ माघ ०७७ सम्म म्याद थप भयो, पहिलो पटक म्याद थप भएपनि काम शुरु नै नभएपछि दोस्रो पटक २६ माघ ०७७ मा ३० असार ०८० सम्म सक्नेगरी म्याद थप भएको थियो । तर, दोस्रो पटक म्याद थप हुँदा समेत पुल निर्माणको कामको प्रगति १ प्रतिशत पनि नभएको सडक डिभिजन कार्यालयले जनाएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सुचना अधिकारी ईन्जिनियर पियूस चटौतले शुरुवाती चरणमै पुल निर्माणका प्राविधिक त्रृटी देखिएपछि डिजायन परिर्वतन गरिएको बताए । ‘०७५मै डिजायन परिर्वतनका लागि कामकाज शुरु भएपनि ०७७ पुषमै नयाँ पुल डिजायन स्वीकृत भयो, ‘उनले भने, ‘त्यसपछि निर्माण कम्पनी सम्पर्कमा आएन, बल्ल आएको छ, अहिले काम शुरुवात गरिरहेको छ ।’ सुचना अधिकारी चटौतले डिजायन परिर्वतन पछि २४ करोड २२ लाख ५६ हजार सम्झौता भएको बताउँदै निर्माण व्यवसायीलाई चालु आर्थिक बर्ष २०७९÷०८० सम्म १२ करोड ३३ लाख २६ हजार रकम भुक्तानी गरिएको छ । ‘हामीले निर्माण व्यवसायीलाई अहिलेसम्म दिएको रकम अनुरुप नयाँ काम गर्नुपर्छ, ‘उनले भने, ‘नयाँ काम शुरुवात भएपछि मात्रै थप भुक्तानी हुन्छ ।’ अब थप म्याद नहुँदासम्म पुल निर्माण नहुने उनले बताए ।

उक्त पुल निर्माण नभएपछि लालझाडी गाँउपालिका ५ देखतभूलीका स्थानीयलाई पालिका मुकाम कञ्ज जानदेखि पर्सियाका स्थानीयलाई अस्पताल, विद्यालयदेखि अन्य घरसायी कामकाजका लागि समस्या भएको छ । स्थानीयले घुमाउरो बाटो भएर यात्रा गर्नुपर्ने भएको छ । बर्षातका बेला दोदा नदीको बहाब बढी हुने भएकाले असारदेखि असोजसम्म काठको पुल समेत हटाईन्छन ।

स्थानीयले पुल निर्माण नहुँदा जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका छन । लालझाडी गाँउपालिका ५का स्थानीय पदमा रानाले पक्की पुल निर्माण नहुँदा बषौँदेखि नदी तर्न काठको पुलको पुल प्रयोग गर्दै आएको बतार्ईन । ‘बषौँ भइसक्दा पनि शुल्क तिरेर काठको पुलबाट नदी वारपार गर्ने बाध्यता हटेन, पक्की पुल भएर आउजाउ पर्ने सपना छ, ‘उनले भनिन, ‘चुनावमा जहिले पनि नेताहरू पुल बनाउँछु भन्छन, चुनाव जितेर गएपछि बिर्सिन्छन्न ।’ पुल निर्माणका लागि स्थानीय समेत जागरुक भएका छन । स्थानीय अमर सिह धामीले ठेकेदार कम्पनीले प्राविधिक त्रृटीपछि पनि लार्पबाही गरेको भन्दै निगरानी समुह गठन गरेको बताए । उनका अनुसार फट्टे रानाको संयोजकत्वमा नागरिक समिति गठन गरेर निर्माण व्यवसायीलाई नियमित काम गर्न दवाव दिने बताए । पुल नहुँदा नागरिकले काठेपुलमा मोटरसाईकल, साईकलको शुल्क तिरेर आवत जावत गर्नुपर्ने बाध्यता भएको बताए । ‘नदिमा पुल छैन, स्थानीय समितिले निर्माण गरेकै काठेपुल प्रयोग गर्दा सवारी साधनको शुल्क तिनुपर्छ, ‘उनले भने, ‘शुल्क भन्दा पनि जान जोखिममा राखेर आवत जावत गर्नुपर्ने बाध्यता छ ।’ एक पटकका लागि साईकल १० र मोटरसाईकल ३० रुपैँया तिनुपर्ने बाध्यता छ ।

देखतभूलीका स्थानीय अगुवा जनकराज जोशीले सम्बन्धीत निकायबाट ताकेता नहुँदा ठेकेदार कम्पनीले लार्पबाही भएपछि पुल निर्माण कार्य अलपत्र परेको बताए । लालझाडी गाँउपालिका ५ का वडाध्यक्ष पहल थापाले दोदा नदीमा पुल निर्माण नहुँदा स्थानीयले दैनिक पालिका वडादेखि अन्य गाँउबस्ती आउन जान समस्या भएको बताए । लालझाडी गाँउपालिका अध्यक्ष निर्मल रानाले समयमै पुल निर्माणका लागि पालिकाले सम्बन्धीत निकायलाई दवाव दिने बताए । लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभी पुल निर्माण साईड इन्चार्ज गोबिन्द विष्टले अहिलेनिर्माण कार्य शुरु भएको बताए । ‘विगतको डिजायन अनुरुप त्रृटी भेटियो, कंङक्रिड भेटिएन, ‘उनले भने, ‘दोस्रो पटकको डिजायन समेत ढिलापाईयो, अहिलेको थपको समयमले काम समयमै सम्पन्न नहुने भएकाले म्याद थप्नुपर्छ ।’ अहिले पाईलको काम भईरहेको उनले बताए । अब निरन्तर काम हुने उनले बताए । स्थानीयले भने समयमै पुल निर्माण गर्न तीनै तहका सरकार सहित निर्माण कम्पनीर्संग माग अघि सारेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply