६ हजार ८ सय ५९ जना बालबालिकाहरूलाई दादुरा रुबेला विरुद्धको खोप लगाउने लक्ष्य

११ फागुन धनगढी
कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा ६ हजार ८ सय ५९ जना बालबालिकाहरूलाई दादुरा रुबेला विरुद्धको खोप लगाउने लक्ष्य लिइएको छ । बेलडाँडी गाउँपालिका स्वास्थ्य शाखाले शुक्रबार गाउँपालिकाको सभा हलमा आयोजना गरेको पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखा संयोजक माधवानन्द भट्टले अभियान सम्बन्धी जानकारी गराउनु भएको हो । बेलडाँडी गाउँपालिकाका विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारी, पत्रकारहरू र सरोकारवाला पक्षलाई अभियान सम्बन्धी जानकारी गराइएको हो ।

सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिम रुकुम बाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ । कञ्चनपुरका पालिकाहरूमा फागुन १३ देखि २३ गतेसम्म अभियान सञ्चालन गरिनेछ । भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र बाँकी ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई मात्रै खोप लगाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply