कञ्चनपुरको महेन्द्रनगरमा रहेको सनराईज पब्लिक सेकेन्ड्री स्कुलको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

१२ फागुन धनगढी
कञ्चनपुरको महेन्द्रनगरमा रहेको सनराईज पब्लिक सेकेन्ड्री स्कुलको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । भीमदत्त नगरपालिका १८ महेन्द्रनगर कटानमा रहेको सनराईज पब्लिक सेकेन्ड्री स्कुलको ३०औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दीपक राज चालिसेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक गुणस्तर बृद्धिमा प्रतिबद्धता जाहेर गरेका थिए । प्रद्यानाध्यापक चालिसेले विगतदेखि नै विद्यालयले शैक्षिक स्तर बृद्धि गर्दै आएको अहिले र भावि दिनमा समेत निरन्तर गुणस्तर बृद्धिमा जोडदिए ।

प्रधानाध्यापक चालिसेले विद्यालयले पढाईलाई मात्रै नभई प्रत्येक दुई महिनामा खेलकुद लगायतका विभिन्न अतिरिक्त कृयाकलाप गर्दै आएको बताए। साथै उनले अहिलेका अन्तराष्ट्रिय क्रिकेटर दिपेन्द्र सिह ऐरी, प्रदिप ऐरी, भीम सार्की, हेमन्त धामी आकाश चन्द लगायतका खेलाडीहरू समेत यसै विद्यालयका पूर्व विद्यार्थी रहेको बताउँदै नेपाल मात्र नभई भारतमा समेत आयोजना हुने विभिन्न कार्यक्रमहरूमा समेत यस विद्यालयले भाग लिँदै आएको बताएका छन ।

विज्ञान तथा कलाको क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको उक्त विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने सात जना अग्रज महिलाहरूलाई सम्मान समेत गरेको छ । यसै गरि कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन बहादुर चन्दको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जिसस कञ्चनपुर प्रमुख दुर्गादत्त बोहराको प्रमुख आथित्यमा भएको थियो । सनराईजका प्रिन्सिपल पुरन चालीसले सञ्चालन गरेको उक्त कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply