नेपालगन्ज महेन्द्र पार्क: नेतृत्वले रुचि नदेखाएकै कारण पार्क जीर्ण बन्दै’

रिलिसा थारु
बाँके :  नेपालगञ्ज पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न तथा यहाँ पर्यटकको आकर्षण बढाउन संरचना जीर्ण बन्दै गएपछि यहाँ पर्यटकहरूको आगमन कम भएको छ।
नेपालगन्ज उपमहानगरपालिका भित्र रहेकोे महेन्द्र पार्क पर्यटन क्षेत्रलाई टेवा पुर्‍याउने उद्देश्यले विक्रम सम्वत २०२० सालमा राजा महेन्द्रको नामबाट स्थापित भएको नेपालगञ्जको एकमात्र पर्यटकीय पार्क अहिले स्थानीय सरकारको बेवास्ताका कारण जीर्ण बन्दै गएको छ। पार्कको संरचना जीर्ण बन्दै गएपछि यहाँ पर्यटकहरूको आगमन कम भएको छ।

महेन्द्र पार्क पार्क जीर्ण बनेपछि यहाँ घुम्न आउने पर्यटक निराश भएकाे पार्कका कर्मचारी बताउँछन् । नेपालगन्जको एक मात्र पर्यटकीय पार्क महेन्द्र पार्क जीर्ण अवस्थामा रहेकोे छ । सम्बन्धित निकायले चासो दिएका छैनन् । महेन्द्र पार्कको यो अवस्थाले आन्तरिक तथा बाह्य पर्यटक पहिलेको भन्दा अहिले घटेका छन् । कुनै बेला दैनिक हजारौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक महेन्द्र पार्क घुम्न आउने गर्थें भने आजभोलि अत्यन्तै निउन आउने गरेका छन् । महेन्द्र पार्क आजभोलि अव्यवस्थित र जिर्ण हुँदै जान थालेपछि अहिले ओझेलमा परेको छ । यस् महेन्द्र पार्कमा मिनी चिडियाखाना पनि छ । यहाँ विभिन्न दुर्लभ जनावर तथा चराहरु हेर्न पाइन्छ । यो पार्क करीव एक विगाहा जमीनमा फैलिएको छ । अष्ट्रिज, कृष्णसार, चित्तल, खरायो, मुनिया चरा, परेवा, मयूर, हाँस, बन कुखुरा, गाेही,बाँदरलगायतका प्रजातीका जनावर तथा पशुपन्छी यस् पार्कमा छन् । पार्कमा खेल्नका लागि झुला, पीङहरु व्यवस्थीत नभइ लथालिङ्ग अवस्थामा छन् भने बस्नका लागी बनाइएका स्टलहरु पनि जीर्ण अवस्थामा रहेका छन् । यस्तो बेथिति देख्दा पर्यटकहरु गुनासो गर्न थालेका छन् ।

लुम्बिनी प्रदेशको बाँके जिल्ला पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको जिल्ला हो । नेपालगन्ज उपमहानगरपालिका भित्रकाे प्रमुख शहर मध्येको एक बहुजातीय, बहुभाषीक, बहुधार्मीक र बहुसामुदायिक धार्मीक सद्भावयुक्त शहर पनि हो । पर्यटकका लागि घुम्न लायक स्थान भएर पनि त्यसको संरक्षण र सम्बद्धन नहुँदा आन्तरिक तथा बाह्य पर्यटकले दिनप्रतिदिन गुनासो गर्दै आएका छन् ।
पर्यटकीय स्थल महेन्द्र पार्क जिर्ण हुँदा समेत स्थानीय तह भने मुकदर्शक बनेर बसेको देखिन्छ । संघीय सरकारले पर्यटनलाई आर्थिक समृद्धिको महत्वपूर्ण आधार मानेको छ । प्रदेश सरकार र स्थानीय सरकारले कुनै चासो न दिएको पर्यटनकाे भनाइ छ।अहिले पार्कको संरचना जीर्ण बन्दै गएपछि यहाँ पर्यटन निराशा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply