कञ्चनपुरको एक सामुदायिक विद्यालयले स्थापना भएको अढाई दशकमा बार्षिकोत्सव तथा अभिभावक दिवस मनाए

१२ फागुन धनगढी
कञ्चनपुरको एक सामुदायिक विद्यालयले स्थापना भएको अढाई दशकमा बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बेलडाँडी गाँउपालिका १ चन्दनबस्तीको कालिका आधारभूत विद्यालयले पहिलो पटक बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।

शनिबार एक कार्यक्रमका विच कालिका आधारभूत विद्यालयले स्थापना भएको २५ औँ बर्षमा पहिलो पटक बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको जनाएको छ । विद्यालय स्थापना भएको पहिलो पटक बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएपछि विद्यार्थी अभिभावक हर्षित भएका छन ।

कार्यक्रममा विद्यालयका प्रद्यानाध्यापक पदम बहादुर शाहले पहिलो पटक बार्षिकोत्सव तथा अभिभावक दिवस मनाउँन पाउँदा गौरबान्वित भएको अनुभव व्यक्त गरेका छन । प्रअ शाहले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सामुदायिक विद्यालय संचालनका लागि स्रोत साधान अभावका विच सीमित स्रोत साधन जनशक्तिले विद्यालय संचालन गर्नुपर्ने बाध्यता रहेको औल्याए ।

प्रअ शाहले विगतको तुलनामा विद्यार्थी संख्या बृद्धिदेखि शैक्षिक गुणस्तर बृद्धि भईरहेको बताए । उनले विद्यालयको बृद्धि विकासका लागि सरोकारवाला निकाय गम्भिर हुनुपर्नेमा जोडदिए ।

कार्यक्रममा विद्यालयलाई जमिन दान दिने विष्णू खडका, विद्यालयका पु्र्व प्रअ राधाकृष्ण पाठक र पुर्व शिक्षिका जमुना थापालाई सम्मान गरिएको छ । उनीहरुलाई विद्यालयको बृद्धि विकासमा भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको जनाएको छ ।

कार्यक्रममा विद्यार्थीले यूनिफममा मार्चपासदेखि विवित साँस्कृति झक्किने साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । उत्कृष्ठ विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा सहभागि सरोकारवाला अतिथिहरुले विगत बर्षहरुका तुलनामा अहिले विद्यालयको बृद्धि विकास शैक्षिक स्तर बृद्धि भईरहेको भन्दै विद्यालयका प्रअ पदम शाह सहितका शिक्षकको प्रसंसा गरेका छन ।

कार्यक्रममा बेलडाँडी १ का निर्वतमान अध्यक्ष अम्मर खत्रीले सामुदायिक विद्यालय बृद्धि विकासका लागि स्थानीय सरकारले समेत भूमिका निर्वाहमा जोडदिए । बेलडाँडी १का वडाध्यक्ष गज बहादुर विष्टले वडाबाट विद्यालयको बृद्धि विकासका लागि सक्दो सहयोगको प्रतिबद्धता जाहेर गरेका छन ।

कार्यक्तमका प्रमुख अथिति बेलडाँडी गाँउपालिका उपप्रमुख शान्ति नाथले सामुदायिक विद्यालय बृद्धि विकासका लागि पालिकाबाट आवश्यक सबै सहयोग गर्ने समेत बताईन । गाँउउपप्रमुख नाथले सामुदायिक विद्यालय सुधारका लागि शिक्षक, अभिभावकको समेत भूमिका महत्वपूर्ण हुने भएकाले त्यसतर्फ समेत ध्यान दिनुपर्नेमा जोडदिईन । कालिका आधारभूत विद्यालयका जेष्ठ सदस्य नरेन्द्र बहादुर सिहको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधी, अभिभावक, विद्यार्थी सहितको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply