बैतडीमा आगामी बुधबारदेखी दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु हुने

१२ फागुन धनगढी
बैतडीमा आगामी बुधबारदेखी दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु हुने भएको छ । ‘पूर्ण खोपः सुरक्षित भविष्य’ भन्ने नारासहित जिल्लाव्यापी रुपमा यो अभियान सुरु हुन लागेको हो । अन्य जिल्लाहरूमा १३ गतेदेखी सञ्चालन हुने भएपनि बैतडीमा नियमीत खोप प्रभावित हुने भएकाले १६ गतेबाट अभियान सुरु गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश भट्टले बताए । जिल्लाको पुर्चौडी तथा पाटन नगरपालिका, सिगास, डिलासैनी र दोगडाकेदार गाउँपालिकामा यहि फागुन १६ देखि २१ गतेसम्म खोप अभियान सञ्चालन हुने छ भने दशरथचन्द नगरपालिका मेलौली नगरपालिका, शिवनाथ, पञ्चेश्वर र सुर्नया गाउँपालिकामा फागुन १७ गतेदेखि २२ गतेसम्म अभियान सञ्चालन हुने छ।

अभियान अवधिमा बैतडीमा ९ महिनादेखी ५ वर्ष उमेर समूहका २१ हजार ३ सय २४ जना बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । जिल्लाका ३ सय ६२ वटा खोपकेन्द्र मार्फत खोप लगाइने छ । खोप कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वास्थ्यस्वयंसेवी र स्वयंसेवक परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । दादुरा–रुबेला खोपमा भने नौ महिनादेखि पाँच वर्ष मुनिका बालबालिका मात्र सहभागी हुनेछन् ।

दादुरा–रुबेला विरुद्धको खोप बच्चा जन्मिएको ९ र १५ महिनापछि लगाउनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply