छलछाम गरेर कुमारी बैंकले गरिब जनताको खेतबारी लिलाम गरेको भन्दै एक राजनीतिक दलले कब्जा

फागुन १५ धनगढी
छलछाम गरेर कुमारी बैंकले गरिब जनताको खेतबारी लिलाम गरेको भन्दै एक राजनीतिक दलले कब्जा गरेको छ । कुमारी बैंकले लिलाम गरेको भीमदत्त नगरपालिका १८ गोबरैया श्रीकृष्ण टोल स्थित स्व थम बहादुर पार्कीको जमिन कब्जा गरेको हो । मंगलबार क्रान्तिकारी कम्युनिष्ट पाटी कञ्चनपुरले उक्त बैंकले लिलाम गरेको जमिन कब्जा गरेको घोषणा गरेको छ ।

क्रान्तिकारी कम्युनिष्ट पाटी कञ्चनपुरका अनुसार बैंकका कर्मचारी, भूमाफिया समुहको जालझेलमा सर्वसाधारणको जमिन लिलाम बिरुद्धमा कब्जा गरिएको जनाएको छ । बंैंकले उक्त जमिन लिलाम गरेपछि जमिन धनी स्व.थम बहादुर पार्कीका छोरा प्रकास पार्कीले उक्त जमिन फिर्ताका लागि बैंक सहितका विभिन्न निकायमा हार गुहार गर्दै आएका छन ।

प्रकास पार्कीले ०२२ सालदेखि बस्दै आएको जमिन ठुलबाबु कमलले लक्ष्मण विष्टलाई ८लाखमा दृष्ट्रिबन्धकी राखेर आफ्नो नाममा पास गरेको बताए । त्यसपछि विष्टले चन्द्र गिरीलाई बेचेपछि कुमारी बैंकले गत पुषमा लिलाम गरेपछि उक्त जमिन लिलाम गरेको बताए ।

०७२ सालमा आफुले उक्त जमिन दृष्ट्रिबन्धकी बारे जिप्रकामा छलफल गराउँदा समेत न्याय नपाएको दुखेसो पोखे । उक्त ३ कट्टा ११ धुर जमिन ४५ लाखमा बंैंकबाट ऋण लिएका थिए । ७५ लाख, ५० हजारमा लिलाम भएको उक्त जमिन फिर्ताका लागि पार्की परिवारले हारगुहार गर्दै आएका छन ।

यसरी जमिन माफियादेखि बैंकका कर्मचारीको मिलोमतोमा हुने गरिबको उठिबासी रोक्नुपर्नेमा राजनीतिक दलले समेत त्यसतर्फ ध्यानाकर्षण गराएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply