थोरै विद्यार्थी भर्ना भएपछि स्नातकोत्तर तहमा फेरि प्रवेश परीक्षा

फागुन १५ धनगढी
त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर र अधिस्नातक (पीजीडी) तहको पुनः प्रवेश परीक्षा हुने भएको छ । मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालयले पुनः प्रवेश परीक्षाको सूचना जारी गरेको हो ।

कम विद्यार्थीहरू भर्ना भएपछि डीनको कार्यालयले पुनः प्रवेश परीक्षा गर्न लागेको जनाएको छ ।त्यसका लागि आवेदन फारम आजदेखि फागुन २३ गते राति १२ बजेसम्म भर्न सकिने डीनको कार्यालयले जनाएको छ । स्नातकोत्तर तह र अधिस्नातकको पुनः प्रवेश परीक्षा फागुन २६ गते हुनेछ ।

आवेदन दस्तुर ३ हजार रूपैयाँ अनलाइन मार्फत नै बुझाउनुपर्नेछ । प्रवेश परीक्षामा सम्बन्धित विषयको स्नातक तहको पाठ्यक्रमका आधारमा बहुवैकल्पिक प्रश्नहरू ५० सोधिनेछन् । प्रवेश परीक्षाको नतिजा फागुन २९ गते प्रकाशन गरिनेछ ।

यसअघि पहिलो चरणमा प्रवेश परीक्षा भएर विद्यार्थीको पठनपाठन समेत सुरू भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply