डोटीको दिपायलमा पत्रकार महिलाको नेतृत्व क्षमता विकासका लागि संवाद सभा कार्यक्रम सम्पन्न

१६ फागुन धनगढी
डोटीको दिपायलमा पत्रकार महिलाको नेतृत्व क्षमता विकासका लागि संवाद सभा कार्यक्रम सम्पन्न भएको छ।

मंगलबार जिल्लाको दिपायलमा सुदूरपश्चिमकै ९ वटा जिल्लाका ५० जना महिला पत्रकार समावेश गराएर महिला पत्रकार क्षमता विकासका लागि दुई दिन १५ र १६ गते कार्यक्रम सञ्चालन गरेको हो।

आंतरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेश र दिपायल सिलगढी नगरपालिका ,डोटी शिखर नगरपालिकाको सहकार्यमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा डोटीको समन्वयमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा कार्यक्रम सञ्चालन भएको थियो।

उक्त कार्यक्रम नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावलको अध्यक्षतामा प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य लक्ष्मी चौधरी, विशिष्ट अतिथिमा सुदूरपश्चिम प्रदेशको पूर्व उपसभामुख निर्मल गडाल जोशी, अतिथिमा दिपायल सिलगढी नगरपालिकाका प्रमुख विजय खड्का,उपप्रमुख सुनिता रावल, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीत खड्का लगायत पत्रकारहरुको सहभागिता रहेको थियो।

उक्त कार्यक्रममा पत्रकार महिलाको वर्तमान अवस्था,पत्रकार महिलाले भोग्नु परेका समस्या,अनुभव ,अधिकार,पत्रकार महिलाले पत्रकारिता क्षेत्रमा पाएका अवसर र उनले यस क्षेत्रमा सरकारबाट के अपेक्षा गरेका छन् ? चुनौतीको समाधानका विषयमा पत्रकार महिला र सरोकारवाला निकायसंग छलफल संवाद भएको थियो । जसमा पत्रकार महिलाले आफ्ना गुनासा र सरोकारवाला व्यक्तिहरूले आफ्नो धारणा संवाद व्यक्त गरेका थिए ।

त्यसै गरि उक्त कार्यक्रममा प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य लक्ष्मी चौधरीले पत्रकार र राजनीति क्षेत्र दुवैमा एउटै किसिमको पेसा भएकाले यी दुवै क्षेत्रमा महिलालाई चुनौती देखिएको छ तर पनि महिलाहरु हरेक चुनौतीहरूलाई सामना गरेर अगाडि बढ्न सक्षम रहेको बताइन् । उनले भनिन्,” जुनसुकै पेसामा काम गर्न इमान्दारिता हुनुपर्छ,समाजमा महिलाहरु स्वतन्त्रता नभएको र घरायसी कामको पनि बढी जिम्मेवारी हुने हुँदा महिलालाई जुनसुकै पेसामा काम गर्न चुनौती देखिएको हुन्छ त्यसैले समयलाई व्यवस्थापन गरेर कामलाई निरन्तरता दिनु पर्ने कुराहरु जोड् दिएकी छन् ।

त्यसै गरि उक्त कार्यक्रममा शिखर नगरपालिकाका उपप्रमुख सुनिता रावलले पत्रकारिता क्षेत्रमा संघर्षका साथ अघि बढ्यो भने जीवनमा अवश्य सफलता मिल्छ भन्दै उनले आफू पनि पत्रकारिता क्षेत्र बाट राजनीतिमा प्रवेश गरेको हुनाले यो पत्रकारिता क्षेत्रमा मात्रै चुनौती नभई महिलाहरुलाई हरेक क्षेत्रमा काम गर्न सकस छ,महिलाले ती चुनौतीहरूको सामना गरेर कामलाई निरन्तरता रूपमा पत्रकार महिलाले सफलता पाउने बताइन् । उनले भनिन् ” पत्रकारको लागि आफ्नो स्थानिय निकायबाट पत्रकारको क्षमता विकासका लागि बजेट छुट्याएको र स्थानिय निकायबाट आर्थिक रूपमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।”

त्यसैगरी विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेशको पूर्व उपसभामुख निर्मल गडाल जोशीले महिलाको मुख्य चुनौतीको रूपमा सामाजिकमा परम्परागत सोचले गर्दा महिला हरेक क्षेत्रमा पछि परेका छन । तर चुनौतीलाई अवसरको रूपमा बदल्दा क्षमता विकास हुन्छ र आत्मविश्वासका साथ अघि बढ्यो भने सफलता मिल्ने बताउँदै उनले पत्रकार महिलाको हक अधिकारको लागि सरकारको सामु गुनासा राख्ने र चुनौती/समस्या समाधान गर्न नयाँ नीति नियम सिर्जना गर्ने कुराको पहल गर्ने बताइन् ।

उक्त कार्यक्रममा कैलाली जिल्लामा सक्रिय पत्रकार महिला उन्नति चौधरीले पत्रकार क्षेत्रमा आफूले पनि विभिन्न चुनौती भोगेको कुरा व्यक्त गर्दै चुनौतीसंग लड्दै आफूले यस क्षेत्रमा चुनौतीलाई अवसरको रूपमा लिएर पत्रकारिता क्षेत्रमा निरन्तरता दिएको बताइन् उनले भनिन्” पत्रकारिता क्षेत्रमा हामीले विभिन्न क्षेत्रमा निर्धक्क रूपमा निरन्तर कलम चलाउनु पर्छ त्यसमा आर्थिक रूपमा अवसर पनि मिल्ने भएकाले महिलाले विभिन्न चुनौती बाट लड्दै अघि बढ्ने कुरामा जोड् दिएकी छन् ।

सुदूरपश्चिम प्रदेशका महासचिव राम सिंह ठगुन्नाले सञ्चालन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति संस्थापक उपाध्यक्ष चांदनी आचार्यले प्रशिक्षण दिएकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply