कञ्चनपुरमा प्रहरीले एक लाख ३८ हजार ९ सय मुल्यका भन्सार छलीको सामान बरामद

१६ फागुन धनगढी
कञ्चनपुरमा प्रहरीले एक लाख ३८ हजार ९ सय मुल्यका भन्सार छलीको सामान बरामद गरेको छ । भीमदत्त नगरपालिका–१० भुजेला, वडा नम्बर ११ को चौकीसत्ता र कृष्णपुरको गुलरियाबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उपलब्ध गराएको विवरणमा भारतबाट भन्सार छली गरेर ल्याइएको बेवारिसे सामान बरामद भएको उल्लेख छ। प्रहरीले कपडा, झुल, फोटोफ्रेम, कालो पोलिथिन, किटनाषक औषधि, चिनी, मिश्री, मिठाइँ, तेल चियापत्ती र किराना सामान बरामद भएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले भुजेला र चौकीसत्ताबाट एक लाख १७ हजार ६ सय ६० र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले २१ हजार २ सय ५० मूल्यका सामान बरामद गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply