कञ्चनपुरको भीमदत्त नगरपालिकाले सुत्केरी महिलाहरुलाई पोषण स्याहार अन्तर्गत एक हजार वितरण

१६ फागुन धनगढी
कञ्चनपुरको भीमदत्त नगरपालिकाले सुत्केरी महिलाहरुलाई पोषण स्याहार अन्तर्गत एक हजार वितरण गरेको छ । नगरपालिकास्थितका बर्थिङ सेन्टरमा नियमित गर्भजाँच गर्ने सुत्केरी महिलाहरुलाई पोषण स्याहार अन्तर्गत एक हजार नगद वितरण गर्ने कार्यको सुभारम्भ गरिएको भीमदत्त नगरपालिकाका नगर उपप्रमुख नीलम लेखक जोशीले बताइन् । बुधवार एक कार्यक्रमका विच भीमदत्त नगरपालिका–१० स्थित स्वास्थ्य चौकी जिमुवाको बर्थिङ सेन्टरमा नियमित गर्भजाँच र शिशु जन्माउने महिलालाई पोषणका लागि एक–एक हजार नगद हस्तान्त्ररण गरिएको हो । ‘आज स्वास्थ्य चौकी जिमुवाको बर्थिङ सेन्टरमा नियमित गर्भजाँच र शिशु जन्माउने महिलाहरुलाई सुत्केरी भएको अवस्थामा पोषण खानेकुरा आवश्यक पर्ने कुरालाई मध्यनजर गर्दै सुत्केरी महिला दिदि बहिनीहरुलाई केही सहयोग होस् भन्ने उद्देश्यले एक हजार नगद वितरण गरिएको छ ।’ नगर उपप्रमुख जोशीले भनिन् ‘आजबाट यो कार्यक्रमको सुभारम्भ भएको छ ।

अब चाडैँ नगरपालिका अन्तर्गतका अन्य बर्थिङ सेन्टरमा नियमित गर्भजाँच गरेका र बर्थिङ सेन्टरमै शिशु जन्माएका सुत्केरी महिलाहरुलाई समेत पोषण स्याहारका लागि नगद एक हजार रुपौया उपलब्ध गराइनेछ ।’ उनले अगाडी भने ‘यो कार्यक्रमलाई निन्तरता दिने छौँ ।’ पोषण स्याहार अन्तर्गत एक हजार नगद पाएका सुत्केरी महिलाहरुले खुशी हुदैँ नगरपालिकाले सुत्केरी महिलाहरुलाई पोषणका लागि दिने एक हजार नगद कार्यक्रमले खुशी लागेको भन्दैँ नगरपालिकालाई धन्यवाद व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply