डेढ लाख बढि नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण

१७ फागुन धनगढी
कञ्चनपुरका डेढ लाख बढि नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गरिने भएको छ । आउँदो आईतबारदेखि जिल्लाका वडाहरु मार्फत एक लाख ७२ हजार नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गरिने भएको हो ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले यस अघि संकलन गरेको विवरणवाला नागरिकलाई परिचय पत्र वितरण गर्न लागेको छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेश केशरीले यस अघि संकलन भएको विवरणबाट बनेका परिचय पत्र वितरण गरिने बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमारी अधिकारीले पहिलो चरणमा भीमदत्त, दोधाराचाँदनी, बेलौरी र पुनर्वास नगरपालिका वडाहरुबाट वितरण गरिने बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply