औद्योगिक व्यापार मेला अवधिभर कञ्चनपुर जिल्लाभरी यातायात भाडामा १५ प्रतिशत भाडामा छुट

१७ फागुन धनगढी
कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा हुने सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव अवधिभर यातायातामा छुट हुने भएको छ । आउँदो २१ फागुनदेखि कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा महेन्द्रनगर खुला मञ्चमा हुने सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा अवलोकनका लागि यातायातमा १५ प्रतिशत छुट हुने भएको हो ।

बिहीबार यातायात व्यवसायी र कञ्चनपुर उद्योग वाणिज्य संघविच भएको सहमती अनुरुप मेला अवधिभर जिल्लाभरी यातायात भाडामा छुट दिने सहमती भएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले आम नागरिकलाई मेला अवलोकनका लागि यातायात भाडामा छुट दिने सहमती भएको बताए । महासचिव बोहराका अनुसार जिल्लामा संचालित महाकाली, पवनदुत, शुक्लाफाँटा सहितका सबै यातायात कम्पनीसंग सहमती भएको बताए ।

‘हामीले मेला अवधिभरका लागि यातायात भाडामा छुटका लागि सम्पूर्ण यातायात व्यवसायीसंग अनुरोध गरेका थियौँ, ‘यातायात व्यवसायीले उक्त अवधिभर भाडा छुट गर्ने सहमती जनाएका छन ।’ मेला अवलोकन गनर््े दर्शनार्थीलाई सहजताका लागि भाडामा छुट गराएको महासचिव बोहराले बताए ।

‘कृषि, उत्पादन र स्वरोजगार आर्थिक सम्बृद्धिको आधार’ भन्ने मुल नाराका साथ यस पटक उद्योग वाणिज्य संघले १५ औँ संस्करणको औद्योगिक व्यापार मेला संचालन गर्न लागेको

छ । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले विगत २२ बर्षदेखि नियमित संचालन हुँदै आएको महोत्सवलाई निरन्तरता दिनेदेखि क्षेत्रको बृद्धि विकासका लागि महोत्सव आयोजना गरिएको बताए । अध्यक्ष जोशीका अनुसार महोत्सवबाट लगानीको अवसर सृजना गर्ने, सहकारी, वित्तिय क्षेत्र बैंकिङ्ग क्षेत्रका सेवा सुविधा विस्तार गर्ने, लगानीका क्षेत्रको खोजी प्रचारप्रसारदेखि स्थानीय स्तरमा रोजगारी सृजना गर्दै आर्थिक विकास गर्ने उदेश्य रहेको बताए । अध्यक्ष जोशीले महोत्सवबाट संकलन हुने हरेक टिकको पाँच रुपैया विनियोजन गरेर समाजिक कामका खर्च गरिने बताए । उनका अनुसार शिक्षा, स्वास्थ्य, अनाथ बालबालिका, बेसाहरा नागरिकको समाजिक विकासका लागि उक्त टिकट बाट छुट्टाईएको रकम खर्च गरिनेछ ।

महोत्सव सफल पार्नका लागि वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीको संयोजकत्वमा १सय ५१ सदस्यीय मुल आयोजक समिति र विभिन्न १६ उप समिति समेत गठन गरिएका छन । मुल आयोजक समितिमा संघका बरिष्ठ उपाध्यक्ष मल्ल सह संयोजक तथा महासचिव खगेश्वर बोहरा सदस्य सचिव रहेका छन । समाजसेवी लिलाध्वज बस्नेतले मेलाबाट भएको आम्दानीको रकम समाजसेवाका लागि खर्च गर्नुपर्ने बताए । समाजसेवी बस्नेतले अस्पताल सहितका समाजिक क्षेत्रको विकासका लागि खर्च गरे भावि दिनमा समेत मेलामा नागरिकको साथ सर्मथन हुने बताए ।

भलिबलका मुख्य प्रशिक्षक जगदिश भट्टले मेला महोत्सवले खेलकुद क्षेत्रको बृद्धि विकास तर्फ समेत केन्द्रीत गराउनुपर्नेमा जोडदिए ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले विगत २२ बर्षदेखि नियमित संचालन हुँदै आएको महोत्सवलाई निरन्तरता दिनेदेखि क्षेत्रको बृद्धि विकासका लागि महोत्सव आयोजना गरिएको बताए ।

अध्यक्ष जोशीका अनुसार महोत्सवबाट लगानीको अवसर सृजना गर्ने, सहकारी, वित्तिय क्षेत्र बैंकिङ्ग क्षेत्रका सेवा सुविधा विस्तार गर्ने, लगानीका क्षेत्रको खोजी प्रचारप्रसारदेखि स्थानीय स्तरमा रोजगारी सृजना गर्दै आर्थिक विकास गर्ने उदेश्य रहेको बताए । अध्यक्ष जोशीले महोत्सवबाट संकलन हुने हरेक टिकको पाँच रुपैया विनियोजन गरेर समाजिक कामका खर्च गरिने बताए । उनका अनुसार शिक्षा, स्वास्थ्य, अनाथ बालबालिका, बेसाहरा नागरिकको समाजिक विकासका लागि उक्त टिकट बाट छुट्टाईएको रकम खर्च गरिनेछ । १०दिनसम्म संचालन हुने महोत्सवमा २लाख दशकले मेला अवलोकनदेखि ५करोडको कारोबार हुने अनुमान गरिएको छ । मेला अवलोकनका लागि विद्यार्थी तर्फ ५० र सर्वसाधारण एक सय रुपैया निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply