बैतडीमा भोलि शनिबार ११ घण्टा विद्युत अवरुद्ध हुने

फागुन १८ धनगढी
बैतडीमा भोलि शनिबार ११ घण्टा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले एक सूचना जारी गरेर शनिबार विहान ७ बजे देखि बेलुका ६ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको हो । जिल्लाको केहि क्षेत्रहरुमा ११ केभि प्रशारण लाइनको मर्मत तथा तारमा लागेका हाङ्गविङ्गाहरु काट्नु पर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुने जनाइएको छ । काम समयमै सम्पन्न भए तोकिएको समय भन्दा अगाडीलनै सेवा सुचारु हुने बैतडी वितरण केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply