कञ्चनपुरमा एकै दिन दश जना फरार प्रतिवादी पक्राउ परेका छन्

फागुन १८ धनगढी
कञ्चनपुरमा एकै दिन दश जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले दिएको जानकारी अनुसार शुक्रबार पक्राउ परेका मध्ये ६ जना अभद्र व्यवहार र ४ जना कुटपिट मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका हुन् ।

अभद्र व्यवहारमा महेश लुहार, आशिष सुनार, पशुपति दमाई, अनोज गुप्ता(अन्नु), निरा दमाई, गोपाल चुनारा पक्राउ परेका छन भने कुटपिट मुद्दामा फरार रहेका दिपक थलाल, रामदत्त भट्ट, राजी थलाल र राम थलाल पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरुलाई शुक्रबारनै जिल्ला प्रशासन कार्यालय र कञ्चनपुर जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply