टन्सिललाई सामान्य ठान्नुहुन्छ? बिगार्न सक्छ मुटु!

१९ फागुन धनगढी
टन्सिल एउटा समस्या हो। यो बालबालिकाहरूलाई धेरै हुन्छ। उमेर बढ्दै गएपछि टन्सिलको समस्या घट्दै जान्छ।

पाँचदेखि १५ वर्ष मुनिका बालबालिकालाई टन्सिलको समस्या धेरै हुन्छ।

जुन बेला टन्सिल पाक्छ त्यो बेला घाँटी दुख्ने, ज्वरो आउने, निल्न गाह्रो हुने हुन्छ। मानिसहरूले यसलाई सामान्य सोच्छन्। मानिसहरूले यसको उपचार नुनपानीले कुल्ला गरेर, तातोपानी खाएर, बेसार पानी खाएर, सिटामोल खाने चलन छ। टन्सिलको सही तरिकाले उपचार नहुँदा मुटुसम्म असर पर्न सक्छ। मुटुको भल्भ बिग्रन्छ। मुटु सुन्निने हुन्छ।

टन्सिलको असर मुटुमा पर्दा त्यसले वर्षौंसम्म समस्या पार्न सक्छ।

मुख्य कुरा टन्सिल पाक्ने, घाँटी दुख्ने र ज्वरो आउने बेला एन्टिबायोटिक खानुपर्छ। नुनपानी, सिटामोल खाएर ठिक हुँदैन। मुटुमा समस्या भैहाल्यो भने पनि उपचार गर्न सकिन्छ। पेनिसिलिनको सुइँ लगाउँदा भल्भ बचाउन सकिन्छ। कम्तीमा बढ्नबाट रोक्न सकिन्छ। तर मुटुको दीर्घरोगी भएर बाँच्नुपर्छ।

टन्सिलको समस्यालाई सामान्य ठान्ने भूलले मुटुको दीर्घ रोगी बन्ने अवस्था आउन सक्छ। रोग लागिसकेका बेला पनि महिनामा २५ रुपैयाँको सुइँ लगाएर उपचार गर्न सकिन्छ। तर रोग बढे मुटुको भल्भ फेर्न ३ लाखसम्म खर्च हुन्छ। सरकारले अहिले अपरेसन नि:शुल्क गरेको छ।

मुटु स्वस्थ राख्न चिसो र चिल्लो नखाने र धुलो र गुलियोबाट बालबालिकालाई बचाउनु पर्छ। त्यस्तै, वयस्क उमेरका व्यक्तिले स्वस्थ जीवनशैली अपनाउने र ३० मिनेट दैनिक व्यायम गर्नुपर्ने र तनाव व्यवस्थापन गर्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply