सुदूरपश्चिम प्रदेश सरकारका तीन उपसचिव सह सचिवमा बढुवा भएका छन

२१ फागुन धनगढी
सुदूरपश्चिम प्रदेश सरकारका तीन उपसचिव सह सचिवमा बढुवा भएका छन । शिक्षा, पशुस्वास्थ्य र वन सेवाका तीन उपसचिव सह सचिवमा बुढुवा भएका हुन ।

शिक्षा सेवाका उपसचिव दुर्गादत्त विष्ट, पशु स्वास्थ्य सेवाका उपसचिव पानसिह ठगुन्ना र वन सेवाका उपसचिव हेमराज विष्ट एकसाथ सह सचिवमा बढुवा भएका छन ।

सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढी कैलालीले २१ फागुन ०८०मा सुचना जारी गर्दै उपसचिव त्रय दुर्गा, हेमराज र पानसिह सह सचिवमा बढुवा भएको जनाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश लोकसेवा आयोगको रिक्त दरबन्दी अनुरुप सेवा, समुह, उपसमुहमा जेष्ठता र कार्यसम्पादन मुल्याङ्कनद्वारा आइतबार बढुुवा समितिको सिफारिसमा तीनै जना ११औँ तह सहसचिवमा बढुवा भएको जनाएको छ । बढुवासंगै पदस्थापन समेत गरेको प्रदेश वन निर्देशकमा हेमराज विष्ट, मत्सविकास निर्देशनालयमा डा.पानसिह ठगुन्ना र शिक्षा निर्देशकमा दुर्गादत्त विष्टलाई जिम्मेबारी दिएको छ । यस अघि तीनै जना वन, शिक्षा र मत्सविकासको निमित्त निर्देशककै रुपमा कार्यरत थिए । बढुवा भएका तिनै जना सह सचिवले सरकारले दिएको जिम्मेबारी अनुरुप चुस्तदुरुस्त कामकाज अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply