सुदूरपश्चिमका विभिन्न कार्यालयमा कार्यरत ईन्जिनियरत्रयलाई सम्मान

२१ फागुन धनगढी
सुदूरपश्चिमका विभिन्न कार्यालयमा कार्यरत ईन्जिनियरत्रयलाई सम्मान गरिएको छ । भीमदत्त नगरपालिका १५ निम्बुखेडा महेन्द्रनगरको रेडियन्ट माध्यामिक विद्यालयले तीन ईन्जिनियरलाई सम्मान गरेको हो । सोमबार रेडियन्ट माध्यामिक विद्यालयको २३औँ बार्षिकोत्सवको अवसरमा रेडियन्टका पुर्व विद्यार्थीहरुलाई सम्मान गरेको जनाएको छ ।

रेडियन्ट माविका पुर्व विद्यार्थी समेत रहेका ईन्जिनियर किशोर विष्ट, दिपेन्द्र प्रशाद जोशी र हरेन्द्र राज कलौनीलार्इै सम्मान गरिएको हो । विष्ट पूर्वाधार विकास कार्यालय धनगढी, जोशी भीमदत्त नगरपालिका र कलौनी सुप विश्वविद्यालय ईन्जिनियर विभागमा कार्यरत छन ।

विद्यालयका उत्कृष्ठ विद्यार्थी भएकाले उनीहरुको सम्मानका लागि सम्मान गरिएको छ । रेडियन्ट माविका प्रिन्सिपल त्रिभुवन कुमार भट्ट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानी दत्त जोशीले ईन्जिनियरत्रय विष्ट, जोशी र कलौनीलाई दोसल्ला सहित प्रमाण पत्र दिएर सम्मान गरिएका थिए ।

सम्मान पाएका ईन्जिनियरत्रय विष्ट, जोशी र कलौनीले विद्यालयले सम्झिएको भन्दै आभार प्रंकट गरेका छन । ईन्जिनियर किशोर विष्टले विद्यालयको सम्मानले कार्य क्षेत्रमा उत्साह छाएको बताए । उनीहरुसंगै विद्यालयले अन्य विद्यार्थी, शिक्षक लगायतलाई सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply