नागरिकता बनाउन गएका युवककाे मृत्यु

२१ फागुन धनगढी
दशरथचन्द राजमार्ग अन्तरगत बैतडीको सुर्नया गाउँपालिका २ सतबाँझमा साेमबार बिहान एक युवक मृत फेला परेका छन् । जिल्लाकाे दाेगडाकेदार गाउँपालिका १ रिमका ३७ वर्षीय विरसिंह कुँवर मृत फेला परेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जाेशी जानकारी दिनुभयाे । आइतबार जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्रमाणपत्र बनाउन गएका कुँवर साेमबार बिहान ६ बजे सतबाँझ बजारमा मृत भेट्टिएका हुन् ।

आइतबार अबेर सतबाँझ पुगेका र राति कठ्याइरिएर मृत्युु भएकाे प्रहरीकाे अनुमान रहेकाे छ । यहाँ दुईदिनदेखि वर्षा र आइतबार रातिदेखि हिमपात भएकाे छ । मृतक कुँवर मादक पदार्थ सेवन गर्ने गरेका बताइएको छ । कुँवरका श्रीमतीकाे यसअघि नै मृत्युु भइसकेकाे र घरमा १ छाेरा र १ छाेरी रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply