बैतडी प्रहरीले अवैध रूपमा ओसारपसार भइरहेको सामानहरू धमाधम बरामद

फागुन २३ धनगढी
बैतडी प्रहरीले अवैध रूपमा ओसारपसार भइरहेको सामानहरू धमाधम बरामद गरिरहेको छ । एक हप्ताको अवधिमा भारतबाट भन्सार छली गरि अवैध रूपमा ल्याइएको ३० लाख बढीको सामान सहित ३ जना पक्राउ परेका छन् । बुधबार जिल्लाको मेलौली नगरपालिका ३ लामालेक क्षेत्रबाट १९ लाख ८ हजार ४४० मूल्यबराबर सामान, ट्रक र एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा से १ ख २०१४ नम्बरका ट्रक चालक समेत रहेका बैतडीको पाटन नगरपालिका ८ घर भएका गणेश मडै रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।
अवैध रूपमा भन्सार छली गरेर तल्लो स्वराडबाट ट्रकमा सामान ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो । बरामद गरिएको सामानमा बिडी, चिनी, खानेतेल, मिश्री, चप्पल, प्याज, मिठाइ लगायतका अन्य खाद्यान्न सामग्री रहेका छन् ।

बरामद गरिएको सामान र ट्रकलाई आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालय, धनगढी पठाइएको छ । यसअघि मंगलबार पनि जिल्लाको दोगडाकेदार गाउँपालिका ७ खोचलेक बाट जीपमा लैजादै गरेको १० लाख ५७ हजार बराबरको सामान सहित २ जनालाई पक्राउ गरिएको थियो । बझाङको बुङ्गल नगरपालिका ११ पातलका से १ ज ७१८ नम्बरका जीप चालक ३४ वर्षीय वीरबहादुर बोहरा र सहचालक सोही ठाउँका २४ वर्षीय पुष्कर बहादुर बोहरालाई समातेको हो । १६३२ वन्डल बिडी, १२६ जोर चप्पल रहेको छ । सामान ओसारपसार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरीले जीपसहित दुबै जनालाई समातेको जनाएको छ । प्रहरीले उक्त सामानको मूल्य २ लाख ५७ हजार ४०० र ओसारपसारमा प्रयोग भएको ८ लाख बराबरको जीप र दुबैजनालाई थप अनुसन्धानका लागि महाकाली भन्सार कार्यालय झुलाघाट बुझाइएको छ । यसअघि सदरमुकाम क्षेत्रबाट फागुन १८ गतेपनि ४७ हजारको अवैध सामान बरामद गरिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply