नेपाल प्रहरीका एक सेवानिवृत बरिष्ठ अधिकृत ड्रागनफुट खेतीमा जुटेका

२४ फागुन धनगढी
नेपाल प्रहरीका एक सेवानिवृत बरिष्ठ अधिकृत ड्रागनफुट खेतीमा जुटेका छन । बरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) चक्र बहादुर सिह ड्रागनफुट खेतीमा जुटेका हुन । एसएसपी सिहले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ९ सिसैयामा ड्रागनखेती गरेका छन । उनले आफ्नै दुई विगाह जमिनमा खेती गरेका छन ।

गत बैशाख सेवाबाट अवकासमा आएपछि एसएसपी सिह कृषि खेतीतर्फ उन्मुख भएका हुन । अधिकाँस प्रहरीका अधिकृत सेवानिवृत भएपछि विलासी जिवन विताउने आराम गर्ने भएपनि सिह सेवापछि पनि आफ्नै मातृभूमिका पौरख देखाईरहेका छन । ड्रागन फलफुलखेतीमा सम्भावना देखेर उनले खेती शुरु गरेको बताए ।

भीमदत्त नगरपालिका ९ मटैनामा रहेको वेष्टर्नमल्टि एण्ड रिसर्च सेन्टरबाट बिरुवा ल्याएर सिहले खेती शुरु गरेका छन । सिहले पहिलो चरणमा एक विगाहमा हजार बिरुवा अर्को दोस्रो विगाह जमिन ड्रागनफुट खेती शुरु गरेको छन ।

कामको खोजीका लागि युवा जनशक्ति विदेश पलायन भईरहेका बेला आफुले स्वदेशमा पनि कृषि क्षेत्रमा थुप्रै सम्भावना र युवाहरुलाई कृषि तर्फ आकर्षित गराउनका लागि समेत खेती गरेको उनले बताए ।

सिहले आफ्नै निजी लगानीमा दिपा कृषि उद्यान फर्म दर्ता गरेर गाँउमै ड्रागनफुट खेती गरेको बताए । ‘ड्रागनफुटको सम्भावना छ, यसको बजार सुनिश्चित हुनुपर्छ, ‘उनले भने, ‘किसानले उत्पादन गरेको ड्रागनफुटले बजार पाउनुपर्छ ।’

सिहले कृषिमा राज्यको लगानी वितरणमुखी भईरहेको भन्दै परिमाणमुखी हुनुपर्नेमा जोडदिए । उनले किसानलाई सरकारले समयमै मलबिउबिजन बजार सहितका सुविधा उपलब्ध गराउनुपर्ने बताए ।

यस अघि कञ्चनपुरको भीमदत्त नगरपालिका र्९ मटैनामा पुर्व वन अधिकृत रमेश चन्द (ठकुरी), पुर्व संचारकर्मी एव राष्ट्रिय स्वतन्त्र पाटी सुप प्रदेशका इन्चार्ज ज्ञानेन्द्र महताले ठुलो परिमाणमा व्यवसायिक रुपमा खेती गरेका छन ।

वेष्टर्नमल्टि एण्ड रिसर्च सेन्टरका संचालक ज्ञानेन्द्र सिह महताले पुर्व एसएसपी सिह जस्तै अन्य युवाहरुले समेत स्वदेशमै बस्तुतथा सेवा उत्पादन तर्फ उन्मुख हुनुपर्नेमा जोडदिए । सिहले गाँउमा नयाँ खेती शुरु गरेपछि स्थानीय समेत हर्षित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply