डिलाईट इङलिस बोर्डिङ्गको २६ औं वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न

हेमा भट्ट / फागुन २४
कैलाली : धनगढी उपमहानगरपालिका वडा नम्बर ८ कान्तिपुर टाेल स्थित डिलाईट इङलिस बोर्डिङ्ग स्कुलकाे २६ औं वार्षिकोत्सब तथा अभिभावक दिवस भेला विहिवार एक कार्यक्रमका बिच सम्पन्न भएको छ। उक्त कार्यक्रमका प्रमुख अतिथि कैलाली बहुमुखी क्याम्पस सहायक डाक्टर लाेक बहादुर बिष्टले वार्षिकोत्सबको उदघाटन पानसमा दियो बालेर गर्नुभयो ।

सो अवसरमा प्रमुख अतिथिले शुभकामनामा बोल्दै बालबालिकाको प्रथम पाठशाला घर र शिक्षिका आमा भएकोले बालबालिकाको चौतर्फी विकासको जग अभिभावक भएको बताउनु भयो । यो विद्यालय भावना सग जोडिएको र कर्ममा अब्बल दर्जाको विद्यालय भएको, जानकारी गराउदै समय र परिस्थिति अनुसार विद्यालयलाई अगाडि बढाउन सक्षम नेतृत्व भएको भन्दै प्रधानाध्यापक र शिक्षकको प्रसंशा गर्नुभयो । त्यसै अवसरमा विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

संचालक समिति ज्येष्ठ सद्स्य बद्री रिजालको सभापतित्वमा रहेकोे कार्यक्रमका प्रमुख अतिथि डा. लोक ब. बिष्ट विशिष्ट अतिथि स्थानीय समाजसेवी जनप्रतिनिधि, टोलबिकास संस्थाका पदाधिकारी, अभिभावक, शिक्षाप्रेमी, शुभेच्छुक शेयर सदस्य विभिन्न सामाजिक ब्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा प्र. अ. शंकर खनाल द्वारा विधालयको समग्र भौतिक, शैक्षिक अवस्था र आगामी शैक्षिकसत्रको योजना प्रस्तुत गरेका थिए ।

वार्षिक उत्सवमा बोल्ने अधिकांस बक्ताहरूले शिक्षालाई गुणस्तरीय बनाउन सबैको भुमिका रहने बताउदै बालबालिकाको पहिलो पाठशाला घर भएको हुंदा अभिभावक बढी जिम्मेवार बन्नु पर्नेमा जोड दिए।सो अवसरमा विद्यालयका उतिर्ण बिद्यार्थीहरूलाई खादा सहित मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो भने अभिभावकलाई पनि मायाको चिनो प्रदान गरिएको थियोे । कार्यक्रममा बोल्ने छात्राले अनुशासन नै प्रगतिको आत्मा भएकोले सबैलाई अनुशासनमा रहन आग्रह गरेका थिए।


अन्य अतिथि ले स्कुलका बिद्यार्थीप्रति सिकाई पद्वति, भौतिक संरचना प्रति प्रशंसा गर्दै बिद्यालयको प्रगति सहित पुर्ण सफलताको शुभकामना दिए। धुर्ब बहादुर सिंह र शिक्षिका बानिरा गिरिको सञ्चालनमा सम्पन्न भएको बिधालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply