महाशिवरात्री पर्वको रौनक ॐ शिव मन्दिरमा शिवरात्री मेला(फोटो फिचर)

रिलिसा थारू
बाँके २५फागुन ।
बाँके : राप्ती साेनारी गाउँपालिका वडा नम्बर ५ चाचरफर्का, बाँके स्थित ॐ शिव मन्दिरमा धुमधामका साथ पुजा आराधना गरिने गरिन्छ । शिवरात्रीको अवसरमा बाँके जिल्लाका विभिन्न शिवमन्दिरहरुमा मेला लाग्छन । बाँकेको राप्ती साेनारी गाउँपालिका धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण स्थलको रुपमा लिइन्छ ।

राप्ती साेनारी गाउँपालिकाको चाचरफर्कामा रहेको ॐ शिव मन्दिरको पूजा आर्चना गर्न सयौं श्रद्धालु भक्तजनहरुको घुँइचो लागेको थियो । राप्ती साेनारी गाउँपालिका स्थित वडा नम्बर ५ मा रहेको ॐ शिव मन्दिरलाई धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण स्थलको रुपमा लिइन्छ

हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री देशैभर शुक्रबार मनाइएको छ । भगवान् शिवको पूजा आराधना गरि हिन्दु धर्मालम्बीहरुले आ–आफ्नै परम्परा अनुसार यो पर्व मनाएका छन् । विहानै नदी, तलाउ, कुण्ड तथा पधेरामा स्नान गरि विभिन्न शिव मन्दिर अर्थात् शिवालयमा गई श्रद्धा भक्तिपूर्वक महादेवको पूजा पाठ गरि यो पर्व मनाउने चलन छ । साथै यो पर्वका दिन दीन दुःखी र अशक्त प्राणीहरुको हृदयमा धर्मको उदय गराउने भगवान् शिवको प्यारो दिनको रुपमा समेत मनाउने चलन छ । भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन्

महाशिवरात्रीका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भइ यमलोक जानु नपर्ने जन विश्वास छ । यस दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वस रही आएकाले प्रत्येक घर चोक र मठ मन्दिरहरुमा आगोको धुनी जगाई भजन कीर्तन गर्ने परम्परा छ । शिवधुनी पश्चात् जाडो कम हुदै जाने भन्ने जन विश्वास रही आएका छ ।

ॐ शिव मन्दिर ब्यबस्थापनका समितिका अध्यक्ष हरिहर प्रसाद थारु, सचिव बालक राम थारु, रामकृष्ण थारु भन्छन् धार्मिक तथा पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण चाचरफर्का रहेको मन्दिर ऎतिहाँसिक महत्व बोकेकाे धार्मिक सम्पदाहरुको रुपमा निर्माणकार्य अत्यन्तै सुस्त अवस्था देख्दा पछिल्ला पुस्ताले ति सम्पदाहरु कहानीमा मात्र सुन्न पाउने होकि भन्ने आशङ्का गर्न थालेकाे हरिहर थारूले जानकारी गराए । धार्मिक विषयलाई लिएर बहस र छलफल गर्ने समय अहिलेका जनमानसमा कम भेटिन्छ । भनिन्छ नजिकको तिर्थ हेला । वास्तवमा यस्तै भएको छ राप्ती साेनारी गाउँपालिका वडा नं ५ मा रहेको ॐ शिव मन्दिरहरुको अवस्था पनि । भक्तजनहरुले समयमै स्थानीय सरकारलाई मन्दिर संरचनामा थप सुधारका लागि गुहारेका छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply