पिपरिया : महाशिवरात्री विशेष साँस्कृतिक कार्यक्रम शुक्रबार सम्पन्न

हेमा भट्ट
कञ्चनपुरको : कृषणपुर नगरपालिका ९ पिपपरियमा ,रहेको शिव मन्दिरमा महाशिवरात्री विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । आगामी दिनहरुमा पनि यस्तै कला सस्कृति जोगाउने खालका कार्यक्रमको सञ्चालन गर्नु पर्ने स्थानीयको भनाइ छ। साँस्कृतिक कार्यक्रमले कला सस्कृतिलाई अझ उचाइमा पुर्याउने मेला समितिका अध्यक्ष कल्लु रानाले बताए। यसको संरक्षण सम्वद्र्धनमा सवै लाग्नुपर्ने धारणा राखे । कार्यक्रमका प्रमुख अतिथि कृष्णपुर नगरपालिका वडा नम्बर ९ का वडा सदस्य माेली रानाले कार्यक्रमको प्रशंसा गर्दै यस्ता साँस्कृतिक कार्यक्रमहरुले प्रतिभाहरु बाहिर आउने बताए ।

यसैगरी कार्यक्रममा विशिष्ट अतिथि समाजसेवी तथ पर्यटनका अध्यक्ष लेखराज जाेशी, वनदेवी सामुदायिक वनका अध्यक्ष निरज भण्डारी, जानकी सामुदायिक वनका अध्यक्ष चन्द्रप्रकाश भट्ट , समाजसेवी, बुद्धिजीवी शिक्षक लगायतले आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।


पिपरिया हाेरी डान्स प्रस्तुत भएको थियोे । विभिन्न कलाकार भाईबहिनीले प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षिका कुमारी अनिफुल रानाले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply