सिटी इङलिस वोडिङ्ग स्कुलको १२ औ वार्षिकोत्सब समारोह सम्पन्न 

हेमा भट्ट
कैलाली :  सिटी इङलिस बोडिङ्ग स्कुलको १२ औ वार्षिकोत्सब समारोह आज भब्य रुपमा सम्पन्न भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ०३ विशालनगरमा रहेको सो स्कुलको वार्षिकोत्सब समारोहको उदघाटन धनगढी उपमहानगरपालिकाकि उपप्रमुख कंन्दकला रानाले गर्नुभएको थियो । उहाँले भनिन् अहिलेसम्म नेपालको शिक्षा प्रणाली हेर्ने हो भने निजी बिधालयको धेरै योगदान रहेको बताइन् ।

हामी निजी बिधालयहरुले गुणस्तरीय शिक्षा संगै अतिरिक्त क्रियाकलापमा समेत उतिकै महत्त्वपूर्ण भुमिका खेल्न सफल भएको बताएकी छन् । निजी बिधालयले अभिभावकको भावनालाई आफुहरुले राम्रो बुझेको र सोही अनुसार उहाँहरूको नानी बाबुहरुलाई हेरचाह गर्ने काम समेत हुदै आइरहेको प्रमुख अतिथि रानले बताएकी हुन ।

त्यस्तै वार्षिक उत्सवमा बोल्ने अधिकांस बक्ताहरूले शिक्षालाई गुणस्तरीय बनाउन सबैको भुमिका रहने बताउदै बालबालिकाको पहिलो पाठशाला घर भएको हुंदा अभिभावक बढी जिम्मेवार बन्नु पर्नेमा जोड दिए। विद्यार्थीहरुले आफ्नो नृत्य तथा संस्कृतिक कार्यक्रम गरेर अभिभावकहरुलाई आक्रहण गराउने काम गरेका थिए। मुख्य सल्लाहकार, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, प्रतिनिधिहरु, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न विद्यालयका प्रअ शिक्षक,बुद्धिजीवी पत्रकार, लगायतको बाक्लो उपस्थिति रहेकोे थियोे

स्कुल ब्यबस्थापन अध्यक्ष विक्रम अधिकारीको अध्यक्षतामा सम्पन्न सो वार्षिकोत्सब समारोहको स्वागत मनतब्य सिटी इङलिस वोडिङ्ग स्कुलकी शिक्षिका सरस्वती शाहीले गर्नुभएको थियो । कार्यक्रम संचालन सिटी इङलिस वोडिङ्ग स्कुल कक्षा ९ का छात्र छात्रा आईस चन्द र ईन्जिला मल्लले गरेका थिए




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply