समुदाय स्तरमा छाडा पशु चौपाया व्यवस्थापनका लागि कृष्णपुरमा महायज्ञ शुरु

फागुन २७ धनगढी
समुदाय स्तरमा छाडिएका पशु चौपायाका कारण राजमार्गदेखि खेतबारीसम्म हैरानी उत्पन्न भईरहेका बेला कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाडिएका पशु चौपाया व्यवस्थापनका लागि महायज्ञ संचालन गरिएको छ । आइतबारदेखि कृष्णपुर नगरपालिका ४ बिन्द्रावनमा छाडिएका पशु चौपाया व्यवस्थापनका लागि महायज्ञ संचालन भएको हो ।

ग्वाँसी समैजी गौशाला व्यवस्थापन समिति र कृष्णपुर नगरपालिका ४ वडाको आयोजनामा महायज्ञ संचालन भएको जनाईएको छ । महासंज्ञ उद्घाटनकै दिन ११सय कलस सहित हजारौँको संख्यामा वडाभरी कलस यात्रा निकालेर गौ माताको रक्षाको कामना गरिएको थियो ।

महायज्ञको एक कार्यक्रमका विच उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले सामुदाय स्तरमा उत्पन्न भएको पशु चौपायाको समस्या समाधानका लागि गरिएको पहल सरानिय भएको बताए । प्रदेश प्रमुख जोशीले यस्ता समाजिक कार्यमा स्थानीय सरकार र नागरिक मिलेर गर्नुपर्नेमा जोडदिए । ग्वाँसी समैजी गौशाला व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर खडकाले छाडिएका पशु चौपायाको व्यवस्थापन गर्दैं त्यसबाट बहुमुखी लाभ लिने उदेश्यका साथ महायज्ञ संचालन गरिएको बताए । ‘गोठमा हुनुपर्ने गाई सडक र खेतबारीमा आउन थाले यो ज्यादै समस्या देखिन लाग्यो, ‘उनले भने, ‘हामीले गाईको उचित व्यवस्थापन गर्न खोजेका छौँ ।’

कृष्णपुर नगरपालिका ४ का वडाध्यक्ष धर्म बहादुर सिहले छाडिएका पशु चौपायाको दिर्घकालिन व्यवस्थापनका लागि महायज्ञ मार्फत सकारात्मक सन्देशका साथै अभियान संचालन गर्न थालिएको बताए । अध्यक्ष सिहले अहिले नै ७ सय पशु चौपाया व्यवस्थापन भईरहेको र बाँकी महायज्ञ मार्फत संकलन हुने स्रोतबाट गरिनेछ । वडाध्यक्ष सिहले पहिलो पटक ठुलो परिमाणमा महायज्ञ संचालन गरिएको बताए । अध्यक्ष सिहले छाडिएका पशु चौपाया ल्याएर उनीहरुको वैज्ञानिक तरिकाले व्यवस्थापन गर्ने बताए । अध्यक्ष सिहले यस पुण्यकामका लागि सरोकारवालाले समेत साथसर्मथनमा जोडदिएका छन ।

कृष्णपुर नगरका मेयर हेमराज ओझाले नगरपालिकाबाट उत्तरी क्षेत्र १ र ४मा ठुलो परिमाणमा पशु चौपाया व्यवस्थापन कार्यक्रम अघि बढाउन खोजिएको बताए । मेयर ओझाले महायज्ञ मार्फत नागरिकलाई गाईप्रतिको महिना बढाउनेदेखि छाडिएका पशु चौपायाको उचित व्यवस्थापन गर्ने बताए । ‘हामीले पशु चौपायाको व्यवस्थापन कार्य फरक ढङगबाट गरेका छौँ, ‘मेयर ओझाले भने, ‘एकातिर नागरिकलाई समेत गाईप्रति उत्तरदायी बनाउने अर्कारित छाडिएका पशु चौपाया नियन्त्रण गर्दै उनीहरुको उचित व्यवस्थापन गरेर बहुपयोग काम गछौँ ।’ समाजिक कामका लागि सरोकारवाला निकायले समेत साथ सर्मथन सहयोगको अपिल गर्दै आएका छन । छाडा पशु चौपाया व्यवस्थापन कार्यमा नागरिक सहित स्थानीय सरकार अग्रसरदेखि पछि छाडा पशुचौपायाबाट राजमार्गदेखि खेतबारीसम्म हैरान भएका यात्रुदेखि किसान समेत हर्षित भएका छन । एमाले युवा नेता बचन बहादुर सिहले कृष्णपुर नगरपालिका ४नम्बर वडाले गरेको काम सरानिय भएको बताए । एमाले नेता सिहले छाडिएका पशु चौपाया व्यवस्थापनका लागि वडाबाट भएको पहलले छाडा पशु चौपाया नियन्त्रण हुने अपेक्षा राखेका छन । स्थानीय महिला रेश्मा कुवरले महायज्ञ मार्फत समुदाय स्तरमा छाडिएका पशु चौपाया नियन्त्रणका लागि गरिएको पहलबाट समेत किसान लाभान्वित हुने बताए । ३ चैत्रसम्म संचालन हुने महायज्ञमा गाई सरक्षणका लागि स्रोत जुटाउनुका साथै नागरिकलाई गाई सरक्षणका कामकाजप्रति कर्तव्यनिष्ठ बनाउने आयोजकको संकल्प रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply