पञ्चाधीन माद्यमिक विद्यालय व्यवस्थापन समितीको अध्यक्षमा : बिक चयन 

सरस्वती सुनार २८ फागुन,२०८०
धनगढी : पञ्चाधीन माद्यमिक विद्यालयकाे व्यवस्थापन समिती गठन गरिएको छ । कृष्णपुर नगरपालिका वडा नम्बर ९ राजघाट अवस्थित पञ्चाघिन माध्यमिक बिद्यालयकाे नयाँ विद्यालय व्यवस्थापन समिति अध्यक्षमा भाेज बहादुर बिक सर्वसम्मत चयन भएका छन् ।

साेमबार विद्यालयले अभिभावक भेला आयोजन गरि नयाँ विधालय व्यवस्थापन समिती चयन गरेको छ उक्त बिद्यालय व्यवस्थापन समिति अध्यक्षमा भाेज बहादुर बिक सहित ६ जना पदाधिकारी चयन गरिएको हाे । थप १ जना थपिने गरि ७ जना रहने पञ्चाधीन माध्यमिक बिद्यालयका प्र.अ गणेशप्रसाद भट्टले जानकारी दिनुभएको छ । विद्यालयमा पुरानो व्यवस्थापन समितिको म्याद सकिएको कारण नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो ।

नयाँ ब्यबस्थापन समिति अध्यक्ष भाेज बहादुर बिकको अध्यक्षतामा ६ सदस्यीय समितीको सदस्यहरुमा तारा सुनार, तिलक देवी चौधरी, नरबहादुर चौधरी, सीता मल्ल, गणेश प्रसद जाेशी, रहनुभएको छ ।
सो अवसरमा विशिष्ट अतिथि गणेश बहादुर चन्द, छत्र बहादुर महरा शिक्षक बासुदेव जाेशी, रामप्रसाद फुलार, लेखराज जाेशी प्रअ गणेश दत्त भटले मन्तव्य राख्नुभएको थियो ।
विद्यालयको गुणस्तरिय शिक्षा अभिबृद्धि गर्न र विद्यार्थीहरुको सङख्या समेत बढाउने तर्फ आफुहरु लाग्ने नवनिर्वाचित अध्यक्ष बिकले बताए ।

उनले भने- ‘म यस विद्यालयमा कक्षा १ देखि ५ सम्म पहिला अध्ययन गरेको, म यहीको भएको नाताले पनि मेरो विद्यालय प्रति सहयोग बाहिर बस्दा पनि भएको थियो, अब सबैको साथ र सहयोगबाट हामीले नमुना बिद्यालय बनाउन तर्फ लाग्नु पर्छ।’
विद्यालयका पूर्व अध्यक्ष, शिक्षक, सामाजिक व्यत्तित्वहरुले दिएको सुझाव सल्लाह विद्यालयको अवसर र चुनौती बिषयक छलफल गरी गुणस्तरिय शिक्षाको लागि दिएका सुझावलाई कार्यान्वयन गर्ने अध्यक्ष बिकले बताए।

कार्यक्रम पञ्चाघीन माद्यमिक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष कैलाश बलायरको अध्यक्षता, सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय रक्षा महराको प्रमुख आतिथ्यता, शिक्षिका पार्वती खड्काको सञ्चालनमा सम्पन्न भएको थियो । 
सो विद्यालयमा हाल ४०१ जना विद्यार्थी रहेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply