बैतडीमा चार जना फरार प्रतिवादी पक्राउ

फागुन ३० धनगढी
बैतडीमा चार जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला अदालत बैतडीको फैसलाले कर्तव्य ज्यान मुद्दामा ८ वर्ष ११ महिना ११ दिन कैद सजाय ठहर भई फरार रहेका बैतडी सिगास गाउँपालिका–२ बस्ने ३८ वर्षीय राजेन्द्रसिंह धामी रहेका छन् । बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक नन्द राज जोशीका अनुसार धामीलाई प्रहरी चौकी गाँजरीबाट खटिएको प्रहरी टोलीले गाजँरी बजारबाट पक्राउ गरेको हो । यस्तै विष्फोटक पदार्थ सम्बन्धि कसुर मुद्दामा १ महिना १९ दिन कैद सजाय सुनाएर फरार रहेका दशरथचन्द नगरपालिका ६ का ४४ वर्षीय नारायणसिंह ऐरी,साेही ठाउँका ४७ वर्षीय अर्जुनसिंह रावल र ५१ वर्षिय भीमसिंह ठगुन्ना पनि पक्राउ परेका छन् । उनीहरू सबैजनालाई बुधबार गढी बजारबाट पक्राउ गरिएको हाे । पक्राउ परेका प्रतिवादीहरूलाई जिल्ला अदालत बैतडीमा पेस गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply