पञ्चाधीन : कक्षा १० विद्यार्थीहरुलाई विदाई कार्यक्रम सम्पन्न

सरस्वती सुनार
कञ्चनपुर : कृष्णपुर नगरपालिका वडा नम्बर ९ स्थित पञ्चाधीन माध्यमिक विद्यालयको आयोजनामा विद्यालयमा अध्ययनरत कक्षा नौ का विद्यार्थीहरुद्धारा कक्षा १० का विद्यार्थीहरुलाई बुधबार एक कार्यक्रमका बीच   विदाई कार्यक्रम सम्पन्न भएको छ ।

कक्षा ९ की छात्रा मनिसा बिष्टको अध्यक्षतामा, ब्यवस्थापन समितीका अध्यक्ष भाेज बहादुर बिकको प्रमुख आतिथ्यता ब्यबस्थापन परिवार लगायत शिक्षक अभिभावकमाे आतिथ्यतामा सम्पन्न कार्यक्रममा कक्षा १० मा अध्ययनरत ४३ जना विद्यार्थीहरुलाई आउदै गरेको एस ई इ परिक्षाको सफलताको शुभकामना सहित शैक्षिक उन्नती प्रगतीको कामना गर्दै दोसल्ला ओढाएर सम्मान गरेका छन ।

कार्यक्रममा सम्मान ग्रहण गर्दै कक्षा १० का विद्यार्थीहरुले आफुहरुलाई विदाई गरेकोमा धन्याबाद ज्ञापन गर्दै आफुहरु जहा र जुन अवस्थामा भएतापनि यस विद्यालय प्रति सदैव माया रहीरहने बताएका थिए । कार्यक्रममा अतिथिको रुपमा विद्यालयका विद्यार्थी एवं विद्यालयका प्रअ गणेश दत्त भट्ट,


भरत जाेशी, चेतराज जाेश, घनश्याम खड्का, गाेविन्द साउद,रामबहादुर महरा, दिपा जाेशी, पार्वती खड्का, सम्झना बस्नेत, रुपा सुनार दुर्गा फुलारा, यसाेदा महरा,लगायत
कक्षा १० को विद्यार्थीको तर्फबाट छात्रा रुपा महरा, ममता जाेराले मन्तब्य राख्नुभएको थियो ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply