सुदुरपश्चिम विश्वविद्यालय ईन्जिनियरिङ्ग संकायको निर्माणाधिन भवनको निर्माण सम्झौता अनुुसार भएन निर्माण


१ चैत धनगढी
सुदुरपश्चिम विश्वविद्यालय ईन्जिनियरिङ्ग संकायको निर्माणाधिन भवनको निर्माण सम्झौता (बिओक्यू ) अनुसार ठेकेदारले निर्माण नगरि दादागिरि शैलीमा निर्माण गरेको पाइएको छ । विश्वविद्यालयको तर्फबाट काम गर्ने ईआरएमसि मल्ल पिकाशो जेभि कन्सलटेन्सिले दिएको अध्ययन रिपोर्ट अनुसार निर्माण कम्पनिले काम नगरेको देखिएको हो । कन्सलटेन्सिले आज भन्दा एक बर्ष पहिला २०७९ फागुन ४ गते विश्वविद्यालयका रजिष्ट्रार तथा निर्माण समिति संयोजकलाई पत्र लेख्दै विश्वविद्यालयको ईन्जियरिङ्ग विभाग केन्द्रीय क्याम्पस महेन्द्रनगरमा निर्माणाधिन भवनमा भएका समस्या उल्लेख गर्दै पत्र लेखेको थियो । उक्त पत्र एक बर्ष बढि समय जाँदा सम्म कार्यान्वयन हुन सकेको छैन् ।

निर्माण कम्पनीले उक्त समयमा सिढिमा डिजायन अनुसार रड (सरिया) प्रयोग नगरि कम वा फरक तरिकाले रड राखेर ढलान गरेको र सो सिढि भत्काएर ढिजाइन अनुसार रड राखेर निर्माण गर्न भनेको छ तर एक बर्ष बितिसक्दा पनि दादगिरि देखाउदै सिढि सच्याएर निर्माण गरेको छैन् । अहिलेसम्म निर्माण कार्य क्रमश अगाडि बढाई रहेको र पुरानो गल्ति सच्याउनु त परै जाओस थप निर्माण बिगार्र्दै लगेको देखिएको छ । अहिले पर्खाल बांगो लगाएको, पिल्लरहरु नमिलेको, पहेँलो देखिने दोयम इँटाको प्रयोग भएको, सम्झौता अनुसार प्लास्टर समेत नगरिएको, भित्तामा पिल्लर, बिमको र ईटाको लेवल नमिलेको लगायत समस्या देखिएको र उक्त समस्या समाधान गरेर अगाडि बढ्न लिखित र कतिपय मौखिक जानकारि गरेको कन्सलटेन्सिका ईन्जिनियरले बताएका छन् । यस्तै कन्सल्टेन्सीले माघ १४ गतेका दिन निर्माण कम्पनीलाई पहिलो, दोस्रो र अन्तिम तलामा सम्झौता अनुसार इँटाको ल्याब परीक्षण नगरी निर्माणको काम अगाडी नबढाउने भनी पत्र लेखे पनि पहेँलो देखिने इँटाको ल्याब टेष्ट नगरी प्रयोग गरेको देखिएको छ । यदि ल्वाव टेष्ट गर्न पहेलो देखिने इँटा गएको भए निर्माण स्थल र भित्तामा यस्ता ईटा प्रयोग भएको नदेखिनु पर्ने हो ।


यस सम्बन्धमा निर्माण व्यवसायी चक्र साहलाई बुझ्दा कम्पनीका शेयर सदस्य लोक बहादुर ठकुराठीले त्यहाँको निर्माण हेरिरहेकाले उतै बुझ्न भने तर लोक बहादुर ठकुराठी संग सम्पर्क हुन सकेन । विश्वविद्यालयको भवन निर्माण कार्य हेर्ने इआरएमसी मल्ल पिकासो जेभि कन्सल्टेन्सीका ईन्जिनियर पुस्कर मल्लले निर्माणका क्रममा देखिएका समस्यालाई सुधार गरी निर्माण गर्न निर्माण कम्पनी एमके विल्डर्स एण्ड कन्स्ट्रक्सनलाई पत्र लेखेरै जानकारी गरेको भए पनि निर्माण कम्पनीले अहिले सम्म जवाफ नफर्काएको बताए । यसरी निर्माणको क्रममा विश्वविद्यालयले नियुक्त गरेको कन्सल्टेन्सि समेतको रिपोर्ट नमानेर काम अगाढि बढाउने र विश्वविद्यालयले रनिङ्ग बिल समेत दिदै जाने गरेको देखिएको छ । यसरी निर्माण समिति र निर्माण कम्पनिको मिलोमतो समेत छ कि भन्ने प्रश्न खडा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply