लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत ५४ प्रहरी कर्मचारीहरू हटाइए

१ चैत धनगढी
लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत ५४ प्रहरी कर्मचारीहरू हटाइएका छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले ५४ जना प्रहरीहरूलाई हटाएको हो। उनीहरूको ठाउँमा अरूलाई नै पठाएको प्रवक्ता एवं एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार आवश्यकताको सिद्धान्त अनुसार उक्त सरूवा गरिएको हो। प्रहरी कर्मचारीहरू पाँच वर्षभन्दा बढी समय बसेकाहरू समेत छन्।

प्रहरी कर्मचारीहरूलाई एकै ठाउँमा लामो समय राख्नुभन्दा विभिन्न क्षेत्रमा खटाउने प्रावधान रहेको उनी बताउँछन्।

विमानस्थलमा विशेषगरी एसइई परीक्षा पास भएको र अंग्रेजी भाषा बोल्न सक्नेहरूलाई पठाउने गरिएको छ।

आवश्यकताअनुसार अन्य कर्मचारीहरूलाई पनि हेरफेर गर्नेबारे तयारी भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply