कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा लालपुर्जा वितरण शुरु

१ चैत धनगढी
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा लालपुर्जा वितरण शुरु गरिएको छ । बुधबार शुक्लाफाँटा नगरपालिका ५ का जनतालाई लालपुर्जा वितरण गरिएको हो । राष्ट्रिय भूमि आयोग कञ्चनपुरले शुक्लाफाँटा नगरपालिकामा पहिलो पटक लालपुर्जा वितरण गरेको छ । राष्ट्रिय भूमि आयोग कञ्चनपुरका सदस्य पार्वती नेगी(कार्की)ले ८७ परिवारलाई लालपुर्जा वितरण गरेको बताईन ।

शुक्लाफाँटा नगरपालिका प्रमुख रण बहादुर महराले पहिलो चरणमा ५नम्बर वडादेखि लालपुर्जा वितरण शुरु गरिएको बताए । ‘हामीले जमिन भएर पनि स्वामित्व नभएका जनतालाई जमिनको मालिक बनाउन अहिले सफल भएका छौँ, ‘मेयर महराले भने, ‘यो त शुरुवात मात्रै हो, बाँकी वडाहरुमा पनि वितरण गछौँ ।’

दुई बर्षभित्रै जमिन नापजाँचको काम सकेर जनताको हातहातमा लालपुर्जा वितरण गर्ने मेयर महराको सकल्प छ । राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुङ्गानाले सबै प्रकृया पुरा भईसकेका पुर्जा वितरण जिल्लाभरीमै गरिने बताए । अध्यक्ष ढुङ्गानाले यस अघि कृष्णपुर, बेदकोटमा लालपुर्जा वितरण गरिएको बताए । बाँकी जिल्लाभरी वितरण गर्दै जाने बताए । ढिलैभएपनि जमिनको मालिक बनेपछि लालपुर्जा पाएका शुक्लाफाँटा नगरका जनता समेत हर्षित भएका छन । लालपुर्जा वितरण कार्यक्तममा राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुङ्गाना, नगर प्रमुख रण बहादुर महरा, राष्ट्रिय भूमि आयोगसदस्यद्वय दिल बहादुर देउवा, पार्वती नेगी(कार्की) सहितका जनप्रतिनिधी, जनताको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply