आजदेखि नेकपा एमाले कञ्चनपुरको ९ औँ जिल्ला अधिवेशन

१ चैत धनगढी
आजदेखि नेकपा एमाले कञ्चनपुरको ९ औँ जिल्ला अधिवेशन हुन लागेको छ । एमाले कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर संविधान चोकमा अघिवेशनको उद्घाटन गरिने भएको छ ।

एमाले कञ्चनपुरका उपसचिव तथा प्रचारप्रसार विभाग प्रमुख कर्ण बहादुर चन्दले अधिवेशको सम्पूर्ण तयारी पुरा भएको बताए । चन्दले अधिवेशन उद्घाटनका लागि पाटी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको बताए ।

‘पाटी सद्धेय अध्यक्ष समेत रहेका पुर्व प्रधानमन्त्री केपी शर्मा ओली ज्यूबाट अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ, ‘उनले भने, ‘अधिवेशन उद्घाटनसंगै पाटी अध्यक्षले दोधाराचाँदनी सुख्का बन्दरगाहदेखि दोधाराचाँदनी ६ नम्बर वडाको उद्घाटन गर्ने कार्यक्तम रहेको छ ।’ यस पटक हामी अधिवेशन उद्घाटनसंगै नेतृत्व चयन सर्वसम्मत गराउने लक्ष्यमा रहेको बताए ।

एमाले कञ्चनपुरको नेतृत्वका लागि हरि प्रसाद जोशी, पल्लवराज भट्ट, आशोक कुमार चन्द, लक्ष्मी बुढा, हिरा चन्द देखिएका छन । भट्ट र बुढा पोलिट्ब्यूरोे सदस्य निरुदेवी पाल र चन्दद्वय अर्का पोलिट्ब्यूरो सदस्य राजेन्द्र रावल निकट गुटका देखिएको एमाले कञ्चनपुरका नेताहरुले बताएका छन । अहिलेको अधिवेशनबाट नेतृत्व चयनका लागि दुई दुई सतहमा देखिएका छन । तर, केही नेताहरुले सर्वसम्मत नेतृत्व चयनमा जोडदिएका

छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply