महोत्तरीमा ऋणीबाट अनुचित रुपमा असुल गरेको ११ करोड बढी रकम मिटरब्याजीहरूले फिर्ता

२ चैत धनगढी
महोत्तरीमा ऋणीबाट अनुचित रुपमा असुल गरेको ११ करोड बढी रकम मिटरब्याजीहरूले फिर्ता गरेका छन्।

उठिबास गराउनेगरी अनुचित रकम असुल गरेको भन्दै पीडितले दिएको निवेदनमाथि छलफल गरी ११ करोड १५ लाख ४ हजार ९२ रुपैँया फिर्ता गराइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीमा हालसम्म अनुचित लेनदेन सम्बन्धित २ हजार ८ सय ३० वटा निवेदन दर्ता भएको छ ।

तीमध्ये १ हजार ३ सय ३९ वटा निवेदनमाथि छलफल भएको र ७५९ वटा मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलिपकुमार गिरीले बताए ।

उनका अनुसार रकमसँगै मिटरब्याजीहरूले कब्जा गरेका २० बिघा १३ धुर जमिन समेत पीडितले फिर्ता पाएका छन् ।

गत फागुन महिनामा मात्रै १८६ वटा छलफल भई १ सय ५५ वटा मिलापत्र गराइएको डिएसपी गिरीले बताए ।

उनका अनुसार त्यसबाट ४ करोड ९० लाख ११ हजार ३३४ रुपैंया फिर्ता भएको छ ।

त्यस्तै सोही अवधिमा ७ बिघा १३ धुर जमिन समेत पीडितले फिर्ता पाएको प्रहरीले जनाएको छ। बांकी रहेका निवेदनमाथी समेत छलफलको तयारी भइरहेको डिएसपी गिरीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply