मोरङ रङ्गेलीमा सन्थाल समुदायका २२ घर जलेर नष्ट

चैत ०३ धनगढी
मोरङको रङ्गेली–३ बाबुसाहेव टोलको सन्थाल बस्ती आगलागीले सखाप भएको छ । उक्त टोलमा रहेका २२ वटा घर आगलागीका कारण जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आज दिउँसो अढाई बजेतिर सुरु भएको आगलागी नियन्त्रण आइ नसकेको स्थानीयले बताएका छन् । टोलमा सन्थाल समुदायका बाक्ला घर थिए । पश्चिमबाट हावा पनि लागिरहेकोले आगो समयमा नियन्त्रण गर्न नसकेको स्थानीय बताउँछन् । बाँस, सन्ठी र पराल मिलाएर, टाटीले बेरा लगाएका घर बाक्लो अवस्थामा रहेको कारण आगो छिटो फैलिएको थियो ।

कानेपोखरी गाउँपालिका, रङ्गेली, बेलबारी, पथरीशनिश्चरे र सुन्दरहरैँचा नगरपालिका र विराटनगर महानगरका वारुणयन्त्र, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । क्षति विवरण भने आइ सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply