राष्ट्रिय भूमि आयोग कञ्चनपुर ः जनतालाई जमिनको मालिक बनाउँदै

चैत ०४ धनगढी
दुई बर्षको अवधिमा कञ्चनपुरका अढाई बसढ किसानले जमिनको लालपुर्जा पाएका छन । राष्ट्रिय भूमि आयोगले दुई बर्षको अवधिमा २ सय ६३ जना किसानलाई जग्गाधनी प्रमाण पत्र (लालपुर्जा) वितरण गरेको जनाएको छ ।

राष्ट्रिय भूमि आयोगका अध्यक्ष देवेन्द्र ढुङ्गानाले दुई बर्षको अवधिमा जिल्लाका चार पालिकामा लालपुर्जा वितरण शुरु गरिएको बताए । उनका अनुसार दोधाराचाँदनी नगरपालिका २४, बेदकोट नगरपालिका ८५, शुक्लाफाँटा नगरपालिका ८७ र कृष्णपुर नगरपालिका ६७ किसानले लालपुर्जा पाएका छन । ‘अहिले हामीले विगतको आयोग, कार्यदल र अधुरो काम भएका पुर्जा वितरण गरेका छौँ, ‘उनले भने, ‘लगत्तै कृष्णपुर र बेलौरीमा वितरणकोे तयारीमा छौँ ।’

अध्यक्ष ढुङगानाले बेदकोट नगरपालिका ५मा ९, कृष्णपुर नगरपालिका ६ र बेलौरी नगरपालिका २३ किसानलाई वितरणकोे तयारी रहेको बताए । ‘हामी बषौँदेखि जमिन भएर पनि जमिनको मालिक हुन नसकेका किसानलाई जमिनको स्वामित्व हस्तान्तरण कार्यक्रम गर्दै छौँ, ‘उनले भने, ‘यही अनुरुप आयोगले जिल्लामा कामकाज अघि बढाएको छ ।’

उनका अनुसार हालसम्म भीमदत्त नगरपालिका ४, ११, १४, १५, १७ वडामा ७० हेक्टर जमिन, बेदकोट नगरका ९ बाहेक सबै वडामा १हजार ९सय२४ हेक्टर, कृष्णपुर नगरपालिका १, २, ३, ४, ८ र ९मा २ हजार ३० हेक्टर जमिन, शुक्लाफाँटा नगरपालिका १, २, ३ र ९मा ८सय १६हेक्टर जमिन नापजाँच भएको र १२मा जारी रहेको बताए ।

दोधाराचाँदनी नगरपालिका ८ नम्बर वडामा ५सय ५२हेक्टर जमिन नापजाँच सम्पन्न गरेर ३, ५, ९ र १०वडामा जारी रहेको बताए । बेलौरी नगरपालिका ४, ८ र १० नम्बर वडामा १३हेक्टर जमिन नापजाँच गरिएको बताए । पुर्नवास नगरपालिका ४देखि ११नम्बर वडामा १सय २५हेक्टर जमिन नापजाँच गरिएको छ ।

बेलडाँडी गाँउपालिका सबै वडाहरुमा १हजार ४सय १३हेक्टर जमिन नापजाँच भएको छ । लालझाडी गाँउपालिकामा ४, ५ र ६नम्बर वडामा २१ हेक्टर जमिन नापजाँच भएको छ । ‘जहाँ जहाँ नापजाँच सम्पन्न भएको छ, त्यहाँ लालपुर्जाको तयारी भईरहेको र नापजाँच हुन बाँकी रहेका वडाहरुमा नापजाँचको तयारी निरन्तर जारी छ ।’ स्थानीय जनप्रतिनिधीहरुले समेत नापजाँचमा समन्वय गरिरहेको आगामी दिनमा थप समन्वय आवश्यक रहेको अध्यक्ष ढुङ्गानाले औल्याए । आयोगले यस अघि भूमिहिन दलित, भूमिहिन सुकुमबासी र अव्यवस्थित बसोबासीको फारम संकलन गरेको थियो ।

बेलडाँडी गाँउपालिकामा ४हजार ७५५, लालझाडी गाँउपालिकामा ४ हजार ५८१, बेलौरी नगरपालिकामा ५ हजार ६०६, पुनर्वास नगरपालिकामा ८हजार ४०६, कृष्णपुर नगरपालिकामा १६ हजार, १२५, शुक्लाफाँटा नगरपालिकामा ११हजार, ८३६, बेदकोट नगरपालिकामा ९हजार ५३२, भीमदत्त नगरपालिका ८ हजार ९२ र दोधाराचाँदनी नगरपालिकामा ३ हजार ९९७ गरेर जम्मा ७२ हजार, ९३०जनाले फारम भरेका थिए । आइतबार राष्ट्रिय भूमि आयोग कञ्चनपुरले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै आगामी दिनमा थप दुत गतिमा आयोगको कामकाज अघि बढ्ने जनाएको छ । राष्ट्रिय भूमि आयोगका सदस्य दिल बहादुर देउवाले भूमिहिन जनतालाई जमिनको मालिक बनाउने विषयमा आयोगको काममा जनप्रतिनिधीहरुले समेत गम्भिर भएर कामकाजमा जोडदिए ।

बषौँदेखि जमिन भएरपनि लालपुर्जा नपाएका नागरिक आयोगले लालपुर्जा वितरण गर्न थालेपछि हर्षित भएका छन ।

राष्ट्रिय भूमि आयोग कञ्चनपुरका नासु पृथ्वीराज अवस्थीले संचालन गरेको कार्यक्रममा अध्यक्ष देवेन्द्र ढुङ्गाना, सदस्यद्वय दिल बहादुर देउवा, राजकुमार चौधरी, आयोगका सदस्य सचिव विजयराज भट्ट, लालपुर्जा वितरण गरेको वडा बेदकोट नपा ८का वडाध्यक्ष महेशराज जोशी सहितका भूमि आयोगका कर्मचारी सहितको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply