२ वैशाख धनगढी सरस्वती सुनार
निर्माणाधीन चटकपुर राजघाट सडकखण्ड दैनिक धुलो र धुवाँले कुहिरी मण्डल बनेपछि तेस्रोपटक स्थानीयले आवतजावत बन्द गरेको छ । यो सडकखण्डमा अहिले सम्म कालोपत्रे बन्न सकेको छैन निर्माण शुरु भएको लामो समय बितिसक्दासमेत यस सडकखण्डले पूर्णता पाउन सकेको छैन । सडकको यो दयनीय अवस्थाका कारण सर्वसाधण हैरानीमा छन् नै यसको मुख्य चपेटामा विद्यार्थी नानीहरू पर्ने गरेका छन् । बिहान उज्यालो भएदेखि मध्यरातसम्म। सडकको धुलो र धुँवाले सर्वसाधारण मात्रै होइन स्थानीय निवासी पनि आजित भएका छन् । धनगढी ३ चटकपुर माेहनापुल हुदै राजघाट गुलरिया जोड्ने बाटो लामो समय देखी कालोपत्रे नबनेकाले स्थानीयवासीले आईतबार बाटो बन्द गरेका छन् । बिगत ३ बर्ष देखी धुलामे, हिल्लाम्मे बाटो हिड्दै आएका स्थानीयले असह्य भएर बाटो बन्द गर्न बाध्य भएको बताएका छन् ।
लामो समय देखी कालोपत्रे नबनेपछि स्थानीयले दबाब स्बरुप बाटो बन्द गरेको बताएका छन् । सहिदगेट चटकपुर स्थित नजिकका पसल चालकहरू भन्छन् बाटो धुलामे र धुवाँका कारणले गर्दा पसल राम्रोसंग नचलेको बताउछन् ।
उता पटकपटक ठेकेदारले काम गरेन भन्दा सडकले ठेकेदार फेर्न किन मान्दैन , काम नगर्ने ठेकेदार फेर्नु पर्ने स्थानीयकाे भनाइ छ।
लामो समय देखी बाटो धुलामे, धुवाँले आवतजावत असर परेको छ कालोपत्रे नबन्दा स्थानीयले धेरै दुख पाएका छन् । बाटो बनाउनको लागी सम्बन्धित निकाएको ध्यान जान आबश्यक छ