कक्षा ८ को परिक्षामा श्री उदय मावि सर्वोत्कृष्ट हुन सफल

कञ्चनपुर : कृष्णपुर नगरपालिकाको नगर स्तरीय परिक्षा(कक्षा ८)मा सामुदायिक विद्यालयहरूमध्ये श्री उदय मावि बंक ,कंचनपुर सर्वोत्कृष्ट हुन सफल भएको छ।
भर्खरै प्रकाशित नतिजा अनुसार कृष्णपुरका तीन विद्यालयहरूको नतिजा शून्य आएको छ।नगरभरीबाट परिक्षामा सहभागी भएका १५४१ जना विद्यार्थीहरूमध्ये जम्मा ४४९ जना अर्थात् २९.१३% विद्यार्थीहरू मात्रै उतिर्ण भएका छन् ।

अभिभावकहरूले मोटो शुल्क तिरेर पढाई रहेका र नाम चलेका भनिएका केही बोर्डिङ स्कुलहरूको नतिजा भने पहिलाको तुलनामा यसपटक निक्कै खस्केको छ।तर तुलनात्मक रुपमा केही बोर्डिङहरूको नतिजा भने ठिकै छ।
समग्रमा कृष्णपुरको नतिजा कमजोर रहेपनि यस्तो विषम परिस्थितिमा समेत श्री उदय मावि बंक जस्ता केही सामुदायिक विद्यालयहरूले भने सामुदायिक विद्यालयहरूप्रतिको साख गिर्न दिएका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply