कक्षा ८ मा शुन्य नतिजा ल्याउने बेलौरीका ७ बिद्यालय

५ वैशाख धनगढी
कञ्चनपुरको बेलौरी नगरपालिकाको पालिका स्तरीय कक्षा ८ को परीक्षामा ७ विद्यालयको नतिजा निल आएको छ । पालिका स्तरीय परीक्षामा सहभागी भएका ३५ विद्यालय मध्ये ७ विद्यालयको नजिता निल आएको हो ।

नतिजा निल आउनेमा वडा नम्बर ६ को शारदा मावि, कृष्ण मावि, वडा नम्बर ७ को कल्याण मावि, गणेश मावि, वडा नम्बर ८ को कालिका आवि, प्रकाश ज्ञान ज्योति ई. बोर्डिङ स्कुल र वडा नम्बर ९ को गोरखनाथ मावि रहेका छन् ।

समग्र पालिकाको नजिता पनि निराशाजनक आएको छ । पालिकामा कुल ९२९ विद्यार्थी परीक्षामा सहभागी भएकोमा २९ प्रतिशत अर्थात् २७१ विद्यार्थी उत्तीर्ण भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply