दाङको चखौरामा थारु संग्रहालय झल्काउन मूर्ति र नक्सा कोरिएका छन्

रिलिसा थारू ७ बैशाख
दाङ : दंगीशरण गाउँपालिका ३ चखौरामै थारू जातिको इतिहास र संस्कृति बचाउन संग्रहालय छ। यसमा थारू संस्कृतिका अनेक रूपका चित्र, मूर्ति, नक्सा, पोशाक, गहना र परम्परागत सामग्री रहेका छन् । थारू जातिका परम्परा, नाँचगान, चाडपर्व र सामाजिक जीवन झल्किने चित्र घरको भित्तामा सजिएका छन्। परम्परागत घर, कोठा र देउता राख्ने ठाउँ पनि तयार गरिएको छ। थारू समुदायका पुराना गहना र कपडा पनि संकलन गरिएका छन्। थारू राजाले कसरी राज्य सञ्चालन गरेका थिए भन्ने झल्काउन मूर्ति र नक्सा कोरिएका छन् । संग्रहालयमा ‘राना, डंगौरा, देउखुरी, चितवन, कैलाली  कंचनपुर मोरङलगायतका सबै ठाउँका थारूको संस्कृति र इतिहास एकै ठाउँमा देख्न पाइन्छ । संग्रहायलमा थारू जातिका खानाका परिकार र बास बस्नलाई समेत कोठाहरुको ब्यबस्था छ। दाङ थारू जातिको आधारभूमि मानिन्छ। बाँके, बर्दिया, कैलाली र कन्चनपुर पनि दाङबाटै थारू बसाइँ सराई गरेर गएको विश्वास गरिन्छ। साँस्कृतिक संग्रहालयमा थारु समुदायले प्रयोग गर्ने विभिन्न कपडा, चाँदीका गहना, पैसा, काठका चप्पल, माटाका भाँडा, ढकिया, गुन्द्री, जोत्न र खन्नलाई प्रयोग गरिने औजारहरु राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply